Sunday, November 8, 2026
Breaking
साइबर ब्युरोमा सोधपुछका लागि पुगेका शिवाकोटी, कानुन व्यवसायीलाई भित्र जान रोक देशका चार जिल्लामा जुवातासविरुद्ध प्रहरीको छापा : २८ जना पक्राउ, १० लाखभन्दा बढी नगद बरामद वातावरण जोगाउन एआईको प्रयोग बढ्दै, तर डेटा सेन्टरको ऊर्जा र पानी खपतले चिन्ता थप्यो हाइनानको जंगलमा भेटियो भ्यागुताको नयाँ प्रजाति लक्ष्मीपूजाको दिन काठमाडौंमा फूलको व्यापार उफानमा रुपन्देहीमा भारतीय मोटरसाइकलसहित सात लाखभन्दा बढीका मोबाइल पार्ट्स बरामद साइबर ब्युरोमा सोधपुछका लागि पुगेका शिवाकोटी, कानुन व्यवसायीलाई भित्र जान रोक देशका चार जिल्लामा जुवातासविरुद्ध प्रहरीको छापा : २८ जना पक्राउ, १० लाखभन्दा बढी नगद बरामद वातावरण जोगाउन एआईको प्रयोग बढ्दै, तर डेटा सेन्टरको ऊर्जा र पानी खपतले चिन्ता थप्यो हाइनानको जंगलमा भेटियो भ्यागुताको नयाँ प्रजाति लक्ष्मीपूजाको दिन काठमाडौंमा फूलको व्यापार उफानमा रुपन्देहीमा भारतीय मोटरसाइकलसहित सात लाखभन्दा बढीका मोबाइल पार्ट्स बरामद

Turunta Khabar

Fresh Nepali news — major stories rewritten in simple Nepali, updated throughout the day.

Home / समाचार

इजरायल पठाउने नाममा ठगी : मुख्य आरोपी थुनामा, चार जना धरौटीमा छुटे

समाचार By

वैदेशिक रोजगारीका लागि इजरायल पठाउने लोभ देखाएर ठगी गरेको घटनाका मुख्य आरोपी भरत चौलागाईंलाई अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । थुनछेकपछि काठमाडौं जिल्ला अदालतले शुक्रबार चौलागाईंलाई थुनामा पठाउने आदेश गरेको हो ।

अदालतको आदेशअनुसार उनलाई डिल्लीबजार कारागार चलान गरिएको केन्द्रीय अनुसन्धान ब्युरोका एक अधिकृतले बताए । रामेछापको सुनापति गाउँपालिका–१ का चौलागाईं प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेनको नाम दुरुपयोग गरेर ठगी गरेको आरोपमा पक्राउ परेका थिए । उनी नेपाली कांग्रेसका निवर्तमान महाधिवेशन प्रतिनिधि हुन् । प्रहरीले उनलाई असोज १ गते पक्राउ गरेको थियो ।

सोही प्रकरणमा पक्राउ परेका अन्य चार जनालाई भने अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको छ । दोलखा घर भएकी बालिका शिवाकोटीलाई एक लाख, ज्ञानबहादुर कार्कीलाई दुई लाख ५० हजार, शिवराम श्रेष्ठलाई दुई लाख ५० हजार र दीपेन्द्रसिंह सामन्तलाई एक लाख ५० हजार रुपैयाँ धरौटी तोकिएको छ ।

प्रहरी अनुसन्धानले आरोपीहरूले केयर गिभरको रोजगारीका लागि इजरायल पठाउने भन्दै दुई करोड ५० लाख रुपैयाँ ठगी गरेको देखाएको छ । दोलखाको कालिन्चोक गाउँपालिका–८ घर भएकी ३२ वर्षीया बालिका शिवाकोटीले आफूले संकलन गरेको रकममध्ये डेढ करोड रुपैयाँ नगद भरत चौलागाईंलाई दिएको बयान दिएकी थिइन् ।

नेपालबाट इजरायलमा कामदार पठाउन सरकारले सन् २०२४ मा परीक्षा लिएको थियो । लक्की ड्रमार्फत दुई हजार ९९ जना छानिएका थिए । त्यतिबेला लक्की ड्रमार्फत नपरेका १५६ जनालाई ‘हामी पठाइदिन सक्छौं’ भनेर चौलागाईंको समूहले रकम असुलेको प्रहरीको निष्कर्ष छ ।

newsnepal

Join the discussion

Your email address will not be published. Required fields are marked *