Friday, November 6, 2026
Breaking
२५ वर्षदेखि लुकाएको स्वास्थ्य समस्या निको भएपछि प्रमिलाको जीवनमा फर्कियो आत्मविश्वास इरानविरुद्ध थप सैन्य कारबाहीबारे ट्रम्पले सुरक्षा टोलीसँग छलफल गरे राजनीतिक घटनाक्रममा नेकपा मौन, केन्द्रीय बैठकको तयारी फ्रान्समा महँगीविरुद्ध बिहीबार ठूलो प्रदर्शन, ५ लाख ७५ हजार सडकमा सुक्खा मौसमसँगै काठमाडौंको हावा बिग्रियो, आज पनि अस्वस्थकर सत्तारुढ दलभित्रको असमझदारीप्रति डा. भट्टराईको चेतावनी २५ वर्षदेखि लुकाएको स्वास्थ्य समस्या निको भएपछि प्रमिलाको जीवनमा फर्कियो आत्मविश्वास इरानविरुद्ध थप सैन्य कारबाहीबारे ट्रम्पले सुरक्षा टोलीसँग छलफल गरे राजनीतिक घटनाक्रममा नेकपा मौन, केन्द्रीय बैठकको तयारी फ्रान्समा महँगीविरुद्ध बिहीबार ठूलो प्रदर्शन, ५ लाख ७५ हजार सडकमा सुक्खा मौसमसँगै काठमाडौंको हावा बिग्रियो, आज पनि अस्वस्थकर सत्तारुढ दलभित्रको असमझदारीप्रति डा. भट्टराईको चेतावनी

Turunta Khabar

Fresh Nepali news — major stories rewritten in simple Nepali, updated throughout the day.

Home / राजनीति

कुमार बेनमाथिको प्रश्नमा लामिछानेको जवाफ : अपराध गरेको भए कारबाही किन नहुने ?

राजनीति By

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेनमाथि छानबिन हुने वा नहुने भन्ने प्रश्नमा सरकारका निकाय स्वतन्त्र रहेको बताएका छन् । बिहीबार चितवन पुगेका लामिछानेलाई पत्रकारहरूले बेनमाथि छानबिन आवश्यक ठान्नुहुन्छ कि ठान्नुहुन्न भनेर सोधेका थिए ।

जवाफमा लामिछानेले सरकारका निकायहरूले संविधान र कानुनले दिएको अधिकार सही ढंगले उपयोग गर्न स्वतन्त्र रहेको बताए । पत्रकारले प्रश्न दोहोर्‍याएपछि उनले भने, ‘उहाँले आपराधिक क्रियाकलाप गर्नुभएको छ भने किन हुँदैन कारबाही ?’

पत्रकारहरूले मिडिया र पत्रकारमाथि सरकारले प्रहरी लगाएर गरेको धरपकड, प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई हटाइएको विषय र इनम सापकोटा प्रकरणसँगै बेनको विषयलाई जोडेर प्रश्न गरेका थिए ।

प्रहरी हिरासतमा रहेका सापकोटाबाट बरामद दुईवटा मोबाइल फोन डिजिटल फरेन्सिक परीक्षणअघि दुई दिनसम्म बेनले आफ्नो घरमा राखेको विषय यसअघि सार्वजनिक भएको थियो । प्रहरी स्रोतका अनुसार सापकोटा सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धानमा छन् । ती मोबाइल जावलाखेलस्थित बेनको घरमा रहेको लोकेसन ट्र्याकबाट देखिएको स्रोतको दाबी छ ।

फरेन्सिक परीक्षणमा उक्त अवधिमा मोबाइलबाट ह्वाट्सएप र फेसबुक प्रयोग भएको, विभिन्न सामग्रीका स्क्रिनसट लिइएको र केही सन्देश मेटिएको देखिएको स्रोतले बताएको छ । तीमध्ये सापकोटा र बेनबीच आदानप्रदान भएका केही सन्देश पनि मेटिएको दाबी छ ।

बेनले भने यस विषयमा पठाइएका चारवटा प्रश्नको जवाफ दिन चाहेनन् । उनले दाबी स्वीकार वा अस्वीकार गरेनन् ।

newsnepal

Join the discussion

Your email address will not be published. Required fields are marked *