Friday, November 6, 2026
Breaking
२५ वर्षदेखि लुकाएको स्वास्थ्य समस्या निको भएपछि प्रमिलाको जीवनमा फर्कियो आत्मविश्वास इरानविरुद्ध थप सैन्य कारबाहीबारे ट्रम्पले सुरक्षा टोलीसँग छलफल गरे राजनीतिक घटनाक्रममा नेकपा मौन, केन्द्रीय बैठकको तयारी फ्रान्समा महँगीविरुद्ध बिहीबार ठूलो प्रदर्शन, ५ लाख ७५ हजार सडकमा सुक्खा मौसमसँगै काठमाडौंको हावा बिग्रियो, आज पनि अस्वस्थकर सत्तारुढ दलभित्रको असमझदारीप्रति डा. भट्टराईको चेतावनी २५ वर्षदेखि लुकाएको स्वास्थ्य समस्या निको भएपछि प्रमिलाको जीवनमा फर्कियो आत्मविश्वास इरानविरुद्ध थप सैन्य कारबाहीबारे ट्रम्पले सुरक्षा टोलीसँग छलफल गरे राजनीतिक घटनाक्रममा नेकपा मौन, केन्द्रीय बैठकको तयारी फ्रान्समा महँगीविरुद्ध बिहीबार ठूलो प्रदर्शन, ५ लाख ७५ हजार सडकमा सुक्खा मौसमसँगै काठमाडौंको हावा बिग्रियो, आज पनि अस्वस्थकर सत्तारुढ दलभित्रको असमझदारीप्रति डा. भट्टराईको चेतावनी

Turunta Khabar

Fresh Nepali news — major stories rewritten in simple Nepali, updated throughout the day.

Home / समाचार

चुमनुब्रीमा नुनको मूल्य आकाशियो : बजारमा ३० रुपैयाँ पर्ने नुन विकट गाउँमा २००

समाचार By

गोरखा । बजारमा प्रतिकिलो ३० देखि ३५ रुपैयाँमा पाइने खानेनुन गोरखाको उत्तरी भेगका विकट गाउँमा २०० रुपैयाँसम्म पर्छ । सडक सञ्जालको पहुँच नहुँदा ढुवानीमा लाग्ने चर्को खर्चका कारण चुमनुब्री गाउँपालिकाका बासिन्दाले नुनसमेत महँगो मूल्यमा किन्नुपर्ने बाध्यता छ ।

साल्ट ट्रेडिङ कर्पोरेसनले आयो नुनको मूल्य प्रतिकिलो २६ रुपैयाँ, न्यू शक्ति नुनको २० रुपैयाँ र भानु नुनको ९ रुपैयाँ तोकेको छ । तर हिमालपारिका बस्तीमा एक प्याकेट आयो नुनको मूल्य ६० देखि २०० रुपैयाँसम्म पर्ने गरेको छ । गाउँ जति विकट छ, नुनको मूल्य पनि त्यति नै बढी छ ।

तिब्बती सीमावर्ती सामागाउँ र साम्दोमा प्रतिप्याकेट आयो नुनको मूल्य २०० रुपैयाँ पर्छ । तल्लो क्षेत्रमा ३० रुपैयाँमा पाइने एक प्याकेट नुन साम्दोसम्म पुर्‍याउन ढुवानीमै १०० रुपैयाँ खर्च हुने स्थानीय निमा दोर्जेले बताए । पाङसिङबाट साम्दोसम्म एकपोका नुन ल्याउँदा ढुवानी भाडामात्रै १०० रुपैयाँ पर्छ ।

वडा नं २ को ल्हो गाउँमा खाद्यान्न ढुवानी भाडा प्रतिकिलो ८० रुपैयाँ पर्ने भएकाले एक प्याकेट आयो नुन १५० रुपैयाँमा पाइन्छ । वडा नं ५ बिहीमा भने प्रतिप्याकेट १०० रुपैयाँ पर्ने स्थानीय काल्देन छेवाङले बताए । हिउँदमा खच्चडबाट ढुवानी गर्दा प्रतिकिलो २५ रुपैयाँ भाडा लाग्छ भने वर्षायाममा ७० रुपैयाँसम्म पुग्छ । वडा नं ४ प्रोकमा प्रतिकिलो नुन १०० देखि १७० रुपैयाँसम्म पर्छ ।

चुम उपत्यकाका अन्तिम बस्ती छुले र निलेका बासिन्दाले एक प्याकेट आयो नुनको १८० देखि २०० रुपैयाँसम्म तिर्ने गरेका छन् । पाङसिङबाट डेढदेखि दुई दिनको पैदलदूरीमा रहेका ती बस्तीमा खच्चडबाट सामान ढुवानी गर्दा प्रतिकिलो ६० रुपैयाँ भाडा लाग्छ । लामागाउँसम्म ५५ र छेकम गाउँसम्म प्रतिकिलो ५० रुपैयाँ भाडा पर्छ । छेकम्पारका बस्तीमा एक प्याकेट आयो नुन १५० रुपैयाँ पर्छ भने वडा नं ६ चुम्लिङमा १०० रुपैयाँ पर्छ ।

सरकारले विकट हिमाली क्षेत्रका बासिन्दालाई सहुलियत दरमा नुन उपलब्ध गराउन ढुवानी अनुदान कार्यक्रम सञ्चालन गर्दै आएको छ । कर्पोरेसनले चालु आर्थिक वर्षमा उत्तरी गोरखाको सिर्दिबासका लागि ३५० क्विन्टल आयो नुन पठाएको छ । कर्पोरेसनका गण्डकी प्रदेश प्रमुख सागर सेरचनका अनुसार यहाँबाट प्रतिकिलो २८ रुपैयाँका दरले नुन पठाइन्छ ।

तर अनुदानको नुन उत्तरी गोरखाका सबै विकट बस्तीमा पुग्न सकेको छैन । अनुदानको नुन सिर्दिबास क्षेत्रमै खपत हुने गरेको छेकम्पारका पासाङ फुन्जो लामाले बताए । सरकारले जगतसम्म नुन पुर्‍याउन ढुवानी अनुदान दिन्छ । त्यहाँबाट सामागाउँ र साम्दो पुग्न चार दिन तथा छेकम्पार पुग्न तीन दिन लाग्छ ।

नेपाली सेनाले गाउँपालिकाको केन्द्र फिलिमदेखि केही माथि पेवासम्म सडकको ट्र्याक खोलेको छ । तर मोटर भने पाङसिङसम्म मात्रै पुगेको छ । बजेट अभावका कारण सडक निर्माणले गति लिन सकेको छैन । फलस्वरूप चुमनुब्री गाउँपालिका–३ सिर्दिबासबाहेक अन्य छ वटा वडा अझै सडक सञ्जालको पहुँचबाट टाढा छन् ।

newsnepal

Join the discussion

Your email address will not be published. Required fields are marked *