Friday, November 6, 2026
Breaking
तिहारका लागि पोखरामा सयपत्री फूलको बिक्रीस्थल र मूल्य तोकियो सिरहामा लागुऔषधसहित दुई युवा पक्राउ, चालक फरार विवादबीच शुक्रबारदेखि ‘पाँच पाण्डव’ प्रदर्शनमा सरकारसँगको सम्बन्धमा कुनै मतभेद छैन : रास्वपा सभापति लामिछाने ओभल अफिस अब राष्ट्रिय स्मारक, ट्रम्पको आदेशले भावी राष्ट्रपतिको हात बाँधिने २५ वर्षदेखि लुकाएको स्वास्थ्य समस्या निको भएपछि प्रमिलाको जीवनमा फर्कियो आत्मविश्वास तिहारका लागि पोखरामा सयपत्री फूलको बिक्रीस्थल र मूल्य तोकियो सिरहामा लागुऔषधसहित दुई युवा पक्राउ, चालक फरार विवादबीच शुक्रबारदेखि ‘पाँच पाण्डव’ प्रदर्शनमा सरकारसँगको सम्बन्धमा कुनै मतभेद छैन : रास्वपा सभापति लामिछाने ओभल अफिस अब राष्ट्रिय स्मारक, ट्रम्पको आदेशले भावी राष्ट्रपतिको हात बाँधिने २५ वर्षदेखि लुकाएको स्वास्थ्य समस्या निको भएपछि प्रमिलाको जीवनमा फर्कियो आत्मविश्वास

Turunta Khabar

Fresh Nepali news — major stories rewritten in simple Nepali, updated throughout the day.

Home / समाचार

जुम्लामा इएनटी शिविर: एक हजार ३७ जनाले पाए विशेषज्ञ सेवा, ४३ को शल्यक्रिया

समाचार By

जुम्लामा आयोजना गरिएको नाक, कान तथा घाँटी (इएनटी) सम्बन्धी विशेषज्ञ स्वास्थ्य शिविरबाट एक हजार ३७ जनाले सेवा पाएका छन्। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र रिड्स नेपालको सहकार्यमा कात्तिक १२ गतेदेखि सञ्चालन भएको शिविर बिहीबार सम्पन्न भएको हो।

शिविरमा स्वास्थ्य परीक्षण गराएका बिरामीमध्ये ४३ जनाको शल्यक्रिया गरिएको प्रतिष्ठानका निर्देशक विनम्र विष्टले जानकारी दिए। उनका अनुसार शिविरले प्रतिष्ठानको शल्यचिकित्सा सेवा सञ्चालन गर्ने क्षमता अभिवृद्धि गर्न सहयोग पुर्‍याएको छ।

भौगोलिक विकटताका कारण विशेषज्ञ स्वास्थ्य सेवाबाट वञ्चित हुँदै आएका कर्णालीका नागरिकले आफ्नै क्षेत्रमा शल्यचिकित्सासहितको सेवा पाउनु महत्त्वपूर्ण उपलब्धि भएको प्रतिष्ठानका रजिष्ट्रार प्रकाशचन्द खत्रीले बताए।

दुर्गम क्षेत्रका नागरिकलाई विशेषज्ञ स्वास्थ्य सेवा सहज रूपमा उपलब्ध गराउने उद्देश्यले शिविर सञ्चालन गरिएको प्रतिष्ठानले जनाएको छ। निर्देशक विष्टले आगामी दिनमा पनि यस्ता विशेषज्ञ स्वास्थ्य शिविर सञ्चालन गर्ने योजना रहेको बताए।

newsnepal

Join the discussion

Your email address will not be published. Required fields are marked *