Saturday, October 31, 2026
Breaking
मधेस अडिट प्रतिवेदन सचिवालयमा पेस, रास्वपा टोली चीन जाने समर्थन मूल्य नपाउँदा दाङका किसानले घाटामा धान बेच्न बाध्य दश दिनदेखि हराएका सात वर्षीय बालकको धानखेतमा शव फेला पत्रकार पक्राउले रास्वपाको आन्तरिक कलह बाहिर आयो, प्रभु साहको टिप्पणी न्याय क्षेत्रको पुनर्संरचनाका लागि संसदमा प्रस्ताव लैजाने रास्वपाको तयारी मुग्लिननजिकै सीमलधारामा पहिरो खस्यो, पृथ्वी राजमार्ग एकतर्फी मात्र चल्यो मधेस अडिट प्रतिवेदन सचिवालयमा पेस, रास्वपा टोली चीन जाने समर्थन मूल्य नपाउँदा दाङका किसानले घाटामा धान बेच्न बाध्य दश दिनदेखि हराएका सात वर्षीय बालकको धानखेतमा शव फेला पत्रकार पक्राउले रास्वपाको आन्तरिक कलह बाहिर आयो, प्रभु साहको टिप्पणी न्याय क्षेत्रको पुनर्संरचनाका लागि संसदमा प्रस्ताव लैजाने रास्वपाको तयारी मुग्लिननजिकै सीमलधारामा पहिरो खस्यो, पृथ्वी राजमार्ग एकतर्फी मात्र चल्यो

Turunta Khabar

Fresh Nepali news — major stories rewritten in simple Nepali, updated throughout the day.

Home / समाचार

नदीमा फोहोर पानी नफाल्न उद्योगलाई कडा निर्देशन, अनुगमन हुने

समाचार By

उद्योग विभागले नदी तथा खोलाहरूमा फोहोर पानी प्रशोधन नगरी सिधै विसर्जन नगर्न देशभरका उद्योगहरूलाई निर्देशन दिएको छ। विभागले शुक्रबार जारी गरेको सूचनामा उद्योगबाट निस्कने फोहोर पानी सरकारले तोकेको वातावरणीय मापदण्ड अनुसार प्रशोधन गरेर मात्र बाहिर पठाउने व्यवस्था मिलाउन भनिएको छ।

दीपावली तथा छठ पर्वको समयमा वीरगञ्ज–पथलैया करिडोरको सिर्सिया नदी आसपासका उद्योगहरूले निष्कासन गरेको प्रदूषित पानीका कारण स्थानीय बासिन्दालाई चाडपर्व मनाउन समेत कठिनाइ भएको गुनासो आएपछि विभागले यस्तो निर्देशन जारी गरेको हो।

चाडपर्वको अवसरमा नदीको स्वच्छता कायम राख्न उद्योगहरूलाई आफ्नो तर्फबाट गहिरो बोरिङ वा अन्य स्रोतबाट स्वच्छ पानी नदीमा पठाएर थप सहयोग गर्न समेत विभागले अनुरोध गरेको छ।

विभागले दिएको निर्देशन कार्यान्वयन भए नभएकोबारे स्थलगत रूपमा कडा अनुगमन गरिने जनाएको छ। त्यसका लागि उद्योग मन्त्रालय, उद्योग विभाग, वातावरण विभाग, प्रदेश अन्तर्गतका उद्योग विभाग, जिल्ला प्रशासन कार्यालय, स्थानीय तह लगायत सरोकारवाला निकायहरूको संयुक्त टोलीले स्थलगत निरीक्षण तथा अनुगमन गर्नेछ।

कानुनको परिपालना गर्नु सबैको साझा दायित्व भएको स्मरण गराउँदै विभागले प्रचलित वातावरणीय कानुन र मापदण्डको परिधिभित्र रही नदी प्रदूषण नियन्त्रणमा जिम्मेवार बन्न उद्योगीहरूलाई सचेत गराएको छ।

newsnepal

Join the discussion

Your email address will not be published. Required fields are marked *