Wednesday, November 4, 2026
Breaking
ललितपुरमा बालबालिकाका लागि निःशुल्क पुस्तकालय, कथा सुन्ने र किताब घर लैजाने सुविधा निक्षेप तथा कर्जा सुरक्षण कोषको प्रमुख कार्यकारी अधिकृतमा पिताम्बर भण्डारी वार्ताका लागि आएको सरकारी टोलीलाई डा. गोविन्द केसीले फर्काए छ महिनामा १५० रुग्ण ठेक्का रद्द, बाँकी १५० माथि पनि विभागको कडा नजर लाक्की मारवतमा प्रहरी कारबाही, आत्मघाती आक्रमणकारीसहित दुई जना मारिए भोटेकोशी बाढीको पुनर्निर्माणमा सघाउन भारत तयार, विदेश सचिव मिश्रीले दिए आश्वासन ललितपुरमा बालबालिकाका लागि निःशुल्क पुस्तकालय, कथा सुन्ने र किताब घर लैजाने सुविधा निक्षेप तथा कर्जा सुरक्षण कोषको प्रमुख कार्यकारी अधिकृतमा पिताम्बर भण्डारी वार्ताका लागि आएको सरकारी टोलीलाई डा. गोविन्द केसीले फर्काए छ महिनामा १५० रुग्ण ठेक्का रद्द, बाँकी १५० माथि पनि विभागको कडा नजर लाक्की मारवतमा प्रहरी कारबाही, आत्मघाती आक्रमणकारीसहित दुई जना मारिए भोटेकोशी बाढीको पुनर्निर्माणमा सघाउन भारत तयार, विदेश सचिव मिश्रीले दिए आश्वासन

Turunta Khabar

Fresh Nepali news — major stories rewritten in simple Nepali, updated throughout the day.

Home / राजनीति

नागरिकसँगको दूरी घटाउन नयाँ आइजिपीलाई गृहमन्त्रीको निर्देशन

राजनीति By

काठमाडौं — गृहमन्त्री सुधन गुरूङले नेपाल प्रहरी र आम नागरिकबीच रहेको दूरी कम गर्न प्रभावकारी काम गर्न नवनियुक्त प्रहरी महानिरीक्षक डा. मनोजकुमार केसीलाई निर्देशन दिएका छन्।

बुधबार सिंहदरबारस्थित गृह मन्त्रालयमा केसीलाई दर्ज्यानी चिन्ह प्रदान गर्दै गृहमन्त्री गुरूङले प्रहरी र नागरिकबीचको खाडल अझै कायम रहेको बताए। नयाँ नेतृत्वले यसलाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने उनको भनाइ थियो।

गृहमन्त्रीले प्रहरी संगठनलाई बलियो बनाउन र मैदानमा खटिने प्रहरी कर्मचारीको मनोबल उच्च राख्न पनि केसीलाई आग्रह गरे। प्रहरीले गर्ने राम्रा काममा मन्त्रालय सधैं साथमा रहने उनले बताए। केसीको नेतृत्वमा शान्ति सुरक्षा कायम गर्न र अपराध नियन्त्रणमा प्रहरीले प्रभावकारी भूमिका खेल्ने विश्वास उनले व्यक्त गरे।

संगठनलाई चाहिने स्रोतसाधन उपलब्ध गराउन र प्रहरीका समस्या समाधान गर्न सरकार तयार रहेको पनि गृहमन्त्रीले बताए।

गृहमन्त्रीले भने, ‘जहिले पनि प्रहरी र आम नागरिकको बीचमा एउटा ग्याप मैले फिल गरिरहेको छु। यसमा नवनियुक्त आइजिपी सापको नेतृत्वमा इफेक्टिव्ली काम होस्। अहिले प्रहरी र नागरिकबीचको दुरी केही कम भएको महसुस पनि भएको छ। यसका लागि संगठनका सबै कर्मचारीलाई धन्यावाद पनि दिन चाहन्छु।’

आजै दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले अपराध अनुसन्धान विभाग प्रमुखका रूपमा कार्यरत अतिरिक्त महानिरीक्षक केसीलाई प्रहरी महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको थियो। यसअघि महानिरीक्षक रहेका दानबहादुर कार्कीलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारको जिम्मेवारी दिइएको छ।

newsnepal

Join the discussion

Your email address will not be published. Required fields are marked *