Saturday, October 17, 2026
Breaking
असोजमा पाथीभरा दर्शनार्थी उर्लिए, तीन महिनामा भेटी ३३ लाख नाघ्यो सामाजिक सञ्जालका पीडादायी भिडियोले थप तनावमा बाढीपीडित बालबालिका मधेशमा नयाँ गठबन्धनको दौड: ओली–यादव वार्तामा, मुख्यमन्त्री सरोज कुमार यादव बनाउने तयारी सिरहामा गाँजा खेती नष्ट गर्दा लुकाएर राखिएको पेस्तोल बरामद गोरखाबाट होइन, पहिले गुह्येश्वरीबाट आउँथ्यो फूलपाती फूलपाती भित्रियो : पूजा कोठा र दसैँ घरमा शक्तिको आराधना असोजमा पाथीभरा दर्शनार्थी उर्लिए, तीन महिनामा भेटी ३३ लाख नाघ्यो सामाजिक सञ्जालका पीडादायी भिडियोले थप तनावमा बाढीपीडित बालबालिका मधेशमा नयाँ गठबन्धनको दौड: ओली–यादव वार्तामा, मुख्यमन्त्री सरोज कुमार यादव बनाउने तयारी सिरहामा गाँजा खेती नष्ट गर्दा लुकाएर राखिएको पेस्तोल बरामद गोरखाबाट होइन, पहिले गुह्येश्वरीबाट आउँथ्यो फूलपाती फूलपाती भित्रियो : पूजा कोठा र दसैँ घरमा शक्तिको आराधना

News Nepal

Fresh Nepali news — major stories rewritten in simple Nepali, updated throughout the day.

Home / खेलकुद

नेपाल सिम रेसिङ राष्ट्रिय च्याम्पियनसिप : जयप्रताप र कुशलले उचाले उपाधि

खेलकुद By

काठमाडौं । नेपाल सिम रेसिङ राष्ट्रिय च्याम्पियनसिपको उपाधि जयप्रताप मास्के र कुशल भण्डारीले जितेका छन् । नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) ले अन्तर्राष्ट्रिय खेलकुद परिसर सातदोबाटोमा आयोजना गरेको फाइनलमा दुवैले आ–आफ्नो विधामा विजय हात पारेका हुन् ।सिनियर (एमेच्योर) क्याटागोरीमा आठ खेलाडीमध्ये जयप्रताप मास्के प्रथम र अघिल्लो सिजनका विजेता निमन शाक्य दोस्रो भए । ‘सर्किट डे लेडेनोन’ ट्र्याकमा खेलिएको आठ ल्यापको फाइनलमा जयप्रतापले एक मिनेट २२ सेकेन्डको उत्कृष्ट ल्याप निकालेका थिए । निमनले एक मिनेट २६ सेकेन्डमा दूरी पार गर्दै दोस्रो स्थान बनाए । जयप्रतापले १२ हजार र निमनले ६ हजार रुपैयाँ नगदसहित मेडल र प्रमाणपत्र प्राप्त गरे ।जुनियर (रुकी) क्याटागोरीमा कुशल भण्डारी प्रथम, स्पर्श व्यान्जु दोस्रो र विनित महर्जन तेस्रो भए । उनीहरूले क्रमशः ९ हजार, ६ हजार र ३ हजार रुपैयाँ नगदसहित मेडल र प्रमाणपत्र प्राप्त गरे । ‘ओकेयामा सर्किट’ मा भएको रुकी फाइनलमा १६ प्रतिस्पर्धी सहभागी थिए । भेट्रान च्यालेन्जतर्फ भूषणकुमार श्रेष्ठ विजयी भए । प्रतियोगिता अन्तर्राष्ट्रिय अटोमोबाइल फेडरेसनको मोटरस्पोर्ट्स फन्डिङ कार्यक्रमअन्तर्गत आयोजना गरिएको हो ।

newsnepal

Join the discussion

Your email address will not be published. Required fields are marked *