काठमाडौं — बुधबार नेप्से परिसूचक झिनो अंकले बढेको छ। नेप्से १.४० अंकले बढेर २६६५.५३ विन्दुमा पुगेको हो।
कारोबार रकम भने अघिल्लो दिनको तुलनामा उल्लेख्य रूपमा बढेको छ। मंगलबार ५ अर्ब ६५ करोड रुपैयाँको कारोबार भएकोमा बुधबार उक्त रकम बढेर ७ अर्ब ४३ करोड रुपैयाँ पुगेको छ। यसदिन ३५८ वटा धितोपत्रका दुई करोड १२ लाख २३ हजार ४१४ कित्ता सेयर किनबेच भए।
बुधबार ९८ कम्पनीको सेयर मूल्य बढेको छ भने १७१ वटाको घटेको छ। यस्तै, ९ कम्पनीको मूल्य स्थिर रह्यो।
नेपाल पुनर्बीमा कम्पनीको सेयर मूल्य सर्वाधिक १५ प्रतिशतले बढेको छ। उक्त कम्पनीको प्रतिकित्ता मूल्य ९२१ रुपैयाँ ७० पैसा पुगेको छ। यस्तै, हिमालयन रिइन्स्योरेन्सको मूल्य ११.४८ प्रतिशतले बढेर प्रतिकित्ता ५३४ रुपैयाँ कायम भएको छ।
यसदिन सिभिल बैंक डिबेन्चर २०८८ को मूल्य सर्वाधिक ६.३४ प्रतिशतले घटेको छ। उक्त डिबेन्चरको मूल्य एक हजार २२७ रुपैयाँ ५० पैसा पुगेको छ। यस्तै, शिखर पावरको मूल्य ३.७४ प्रतिशतले घटेर प्रतिकित्ता ५१५ रुपैयाँमा सीमित भएको छ।
बुधबार स्वेत गंगा हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ। उक्त कम्पनीको ३३३ रुपैयाँमा ८५ करोड ८४ लाख रुपैयाँको कारोबार भएको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा ८.६५ प्रतिशत बढेको हो। सर्वाधिक कारोबार हुने दोस्रो सूचीमा घोराही सिमेन्ट रहेको छ। उक्त कम्पनीको ४२० रुपैयाँमा ५१ करोड २४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।
आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये चार समूहको परिसूचक बढेको छ भने बाँकी नौ समूहको घटेको छ। यसमध्ये अन्य समूहको परिसूचक सर्वाधिक ६.१८ प्रतिशतले बढेको छ।
