Wednesday, November 4, 2026
Breaking
आईजीपी हटाउने निर्णयमा सरकार र रास्वपाको फरक–फरक दाबी सरकारको कार्यशैलीमाथि कांग्रेस उपसभापति शर्माको कडा टिप्पणी अफगानी नागरिक फिर्ता गर्ने ट्रम्प प्रशासनको योजनामा अदालतको रोक जनमतको नाममा सर्वसत्तावादको खतरा देखियो : लिङ्देन कांग्रेस भन्छ– नेतृत्वबारे उठेका प्रश्नको जवाफ दिन तयार छौँ रोहिङ्ग्या नरसंहार मुद्दाको फैसला नोभेम्बर १९ मा, सात वर्षको प्रतीक्षा टुङ्गिँदै आईजीपी हटाउने निर्णयमा सरकार र रास्वपाको फरक–फरक दाबी सरकारको कार्यशैलीमाथि कांग्रेस उपसभापति शर्माको कडा टिप्पणी अफगानी नागरिक फिर्ता गर्ने ट्रम्प प्रशासनको योजनामा अदालतको रोक जनमतको नाममा सर्वसत्तावादको खतरा देखियो : लिङ्देन कांग्रेस भन्छ– नेतृत्वबारे उठेका प्रश्नको जवाफ दिन तयार छौँ रोहिङ्ग्या नरसंहार मुद्दाको फैसला नोभेम्बर १९ मा, सात वर्षको प्रतीक्षा टुङ्गिँदै

Turunta Khabar

Fresh Nepali news — major stories rewritten in simple Nepali, updated throughout the day.

Home / समाचार

तिहारका लागि मुस्ताङबाट एक हजार पाँच सयभन्दा बढी भेडाच्याङ्ग्रा बेँसी झरे

समाचार By

तिहार पर्वका लागि मुस्ताङबाट एक हजार पाँच सय ९१ भेडाच्याङ्ग्रा बेँसी झारिएका छन् । उपल्लो मुस्ताङ र डोल्पाबाट बेँसीतर्फ झारिएका ती भेडाच्याङ्ग्रा बिक्रीका लागि बजार पठाइएको हो ।

कृषि तथा पशु विकास कार्यालयका अनुसार बुधबार बिहानसम्म डोल्पाबाट मुस्ताङ झारिएका र उपल्लो मुस्ताङबाट जोमसोम झारिएका भेडाच्याङ्ग्रा व्यापारीले खरिद गरी बेँसी झारेका हुन् । कार्यालय प्रमुख डा. लालमणि अर्यालका अनुसार तिहारलाई लक्षित गरी व्यापारीले मुस्ताङबाट च्याङ्ग्रा एक हजार तीन सय ८५ र भेडा दुई सय छ वटा बेँसी झारेका हुन् ।

मुस्ताङका च्याङ्ग्रा पालक तथा व्यापारीबाट च्याङ्ग्रा एक हजार एक सय ५० र भेडा एक सय ३६ बेँसी झारिएको छ । यसैगरी उपल्लो डोल्पाबाट मुस्ताङ ल्याइएका च्याङ्ग्रा दुई सय ३५ र भेडा ७० गरी तीन सय पाँच भेडाच्याङ्ग्रा मुस्ताङबाट बेँसी झरेका छन् ।

जोमसोम झारिएका भेडाच्याङ्ग्रा काठमाडौँ, पोखरा, बागलुङ र म्याग्दीबाट आएका व्यापारीले खरिद गरी बिक्रीका लागि बजार लगेका छन् । एक जिल्लाबाट अर्को जिल्लामा लैजान सम्बन्धित पशु चिकित्सकबाट निरोगिता भएको पुष्टि हुनुपर्छ । कार्यालय प्रमुख डा. अर्यालले तिहारका लागि बेँसी झारिएका भेडाच्याङ्ग्राको भेटेनरी परीक्षण गरिएको उल्लेख गरे ।

यसअघि दसैँ पर्वलाई लक्षित गरी मुस्ताङबाट करिब १५ हजारभन्दा बढी भेडाच्याङ्ग्रा बाहिरिएका थिए । जसमध्ये पाँच सयभन्दा बढी भेडाच्याङ्ग्रा तिब्बतबाट खरिद गरी कोरला नाका हुँदै नेपाल भित्र्याइएको थियो । कार्यालय प्रमुख डा. अर्यालले दसैँको तुलनामा तिहारका लागि १० प्रतिशत मात्र भेडाच्याङ्ग्रा मुस्ताङबाट बेँसी झरेको जानकारी दिए ।

newsnepal

Join the discussion

Your email address will not be published. Required fields are marked *