Tuesday, November 10, 2026
Breaking
इन्धन महँगिएपछि युरोपेली एयरलाइन्सले उडान घटाए, टिकट महँगिने संकेत कम उत्सर्जन गर्ने मुलुक नै सबैभन्दा बढी मारमा, अनुकूलनलाई न्यायसँग जोड्न खनालको आग्रह एनपीएल : सुदूरपश्चिमको १२० रन, जनकपुरसामु १२१ रनको चुनौती एनभिडिया प्रमुखको सम्पत्ति आधा घण्टामै ७ अर्ब डलरभन्दा बढी घट्यो, फोर्ब्स सूचीमा दुई स्थान तल स्विडेनको नेतृत्वमा बाल्टिक सागरमा नाटोको पनडुब्बी खोजी अभ्यास स्वन्ति नखाःको अन्तिम दिन भक्तपुरमा किजा पूजा इन्धन महँगिएपछि युरोपेली एयरलाइन्सले उडान घटाए, टिकट महँगिने संकेत कम उत्सर्जन गर्ने मुलुक नै सबैभन्दा बढी मारमा, अनुकूलनलाई न्यायसँग जोड्न खनालको आग्रह एनपीएल : सुदूरपश्चिमको १२० रन, जनकपुरसामु १२१ रनको चुनौती एनभिडिया प्रमुखको सम्पत्ति आधा घण्टामै ७ अर्ब डलरभन्दा बढी घट्यो, फोर्ब्स सूचीमा दुई स्थान तल स्विडेनको नेतृत्वमा बाल्टिक सागरमा नाटोको पनडुब्बी खोजी अभ्यास स्वन्ति नखाःको अन्तिम दिन भक्तपुरमा किजा पूजा

Turunta Khabar

Fresh Nepali news — major stories rewritten in simple Nepali, updated throughout the day.

Home / राजनीति

पन्ध्रौँ महाधिवेशनपछि कांग्रेसमा युवा नेतृत्व अघि बढेको महामन्त्री सङ्ग्रौलाको भनाइ

राजनीति By

काठमाडौँ — नेपाली कांग्रेसकी महामन्त्री डा डिला सङ्ग्रौला पन्तले पार्टीको पन्ध्रौँ महाधिवेशनपछि कांग्रेसमा युवा नेतृत्व अगाडि बढेको बताएकी छन्। नेपाल विद्यार्थी सङ्घ गोरखा–काठमाडौँ सम्पर्क समितिले आज काठमाडौँमा आयोजना गरेको दीपावली, नेपाल संवत् तथा छठ पर्वको शुभकामना आदानप्रदान, सम्मान तथा चियापन कार्यक्रममा उनले महाधिवेशनले युवालाई नेतृत्वमा ल्याएको धारणा राखिन्।

महामन्त्री सङ्ग्रौलाले विदेशिएका युवालाई स्वदेशमै रोजगारी दिने उद्देश्यले कांग्रेसले आगामी दिनमा आफ्ना कार्यक्रम अगाडि बढाउने प्रतिबद्धता जनाइन्। पछिल्लो समय शिक्षाको गुणस्तर खस्किएको उल्लेख गर्दै उनले त्यसलाई उकास्न नेविसङ्घले प्रभावकारी नेतृत्वदायी भूमिका खेल्नुपर्ने बताइन्।

कांग्रेस केन्द्रीय सदस्य एवं राष्ट्रियसभा सदस्य किरणबाबु श्रेष्ठले पन्ध्रौँ महाधिवेशनले कांग्रेस र देशमा नयाँ उत्साह थपेको बताए। पार्टीलाई जीवन्त राख्न विचार, सङ्गठन र सफल नेतृत्व आवश्यक रहेको उनको भनाइ थियो। केन्द्रीय सदस्य एवं पालुङटार नगरपालिकाका पूर्वप्रमुख इन्जिनियर दीपकबाबु कँडेलले नेपालको शैक्षिक बहसको नेतृत्व नेविसङ्घले गर्नुपर्ने बताए। पार्टी बलियो बनाउन भ्रातृ संस्था बलियो हुनुपर्ने उनको धारणा थियो।

केन्द्रीय सदस्य जानुका पन्तले लोकतन्त्रको रक्षाका लागि कांग्रेस सधैँ अग्रमोर्चामा उभिने बताइन्। नेपाल विद्यार्थी सङ्घकी केन्द्रीय अध्यक्ष करुणा कटुवालले लोकतन्त्र बलियो बनाउन सबै एकजुट हुनुपर्नेमा जोड दिँदै सङ्घको महाधिवेशन शीघ्र गरिने जानकारी दिइन्। गोरखा कांग्रेसका नेता प्रकाशचन्द्र दवाडीले गोरखा कांग्रेसले युवामार्फत सङ्गठनलाई अगाडि बढाउँदै लगेको बताए भने कांग्रेस गण्डकी प्रदेशका सदस्य पूर्ण दाहालले कांग्रेसलाई चलायमान बनाउन भ्रातृ संस्थालाई चलायमान बनाउनुपर्ने बताए। सम्पर्क समितिका सभापति कमल पन्तले काठमाडौँमा रहेका युवालाई पार्टीसँग जोड्न नेविसङ्घले काम गर्दै आएको बताए।

कार्यक्रममा गोरखाबाट पार्टीको पन्ध्रौँ महाधिवेशनमा केन्द्रीय सदस्य विजयी भएका किरणबाबु श्रेष्ठ, दीपकबाबु कँडेल, जानुका पन्त र जनार्दन अर्याललाई सम्मान गरिएको थियो।

newsnepal

Join the discussion

Your email address will not be published. Required fields are marked *