Wednesday, October 21, 2026
Breaking
जयशङ्कर–रुबियो वार्तापछि भारत–अमेरिका व्यापार सम्झौता अन्तिम चरणमा चार दशकदेखि नटुटेको मानन्धरको म्याराथन कीर्तिमान, ‘मेरो रेकर्ड ब्रेक होस्’ भन्ने अग्रज धावकको चाहना ड्युटीमा दसैँ: परिवारसँग टीका थाप्न नपाउनेहरू ट्रम्पले टाले भान्सको २०२८ को उम्मेदवारीबारेको प्रश्न, भान्स भने निर्णयको पर्खाइमा यू–१९ महिला विश्वकपमा नेपाल कठिन समूहमा, भारत र वेस्ट इन्डिजसँग भिडन्त यू–१९ महिला विश्वकपका १५ खेल नेपालमा: त्रिवि र मुलपानी मैदान तयार जयशङ्कर–रुबियो वार्तापछि भारत–अमेरिका व्यापार सम्झौता अन्तिम चरणमा चार दशकदेखि नटुटेको मानन्धरको म्याराथन कीर्तिमान, ‘मेरो रेकर्ड ब्रेक होस्’ भन्ने अग्रज धावकको चाहना ड्युटीमा दसैँ: परिवारसँग टीका थाप्न नपाउनेहरू ट्रम्पले टाले भान्सको २०२८ को उम्मेदवारीबारेको प्रश्न, भान्स भने निर्णयको पर्खाइमा यू–१९ महिला विश्वकपमा नेपाल कठिन समूहमा, भारत र वेस्ट इन्डिजसँग भिडन्त यू–१९ महिला विश्वकपका १५ खेल नेपालमा: त्रिवि र मुलपानी मैदान तयार

Turunta Khabar

Fresh Nepali news — major stories rewritten in simple Nepali, updated throughout the day.

Home / समाचार

पश्चिम सुर्खेतको पञ्चपुरीमा फोर्स गाडी दुर्घटना, नौ यात्रु घाइते

समाचार By

सुर्खेत । पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिका–३, लगाम डाँडामा मंगलबार बिहान यात्रुबाहक फोर्स गाडी दुर्घटना हुँदा नौ जना यात्रु घाइते भएका छन् ।कैलालीको लम्किबाट अछामका लागि छुटेको कर्णाली प्रदेश ०२–००१ ज ०८४४ नम्बरको गाडी बिहान करिब साढे १० बजे अनियन्त्रित भई दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।कार्यालयका निमित्त प्रवक्ता दीपेन्द्र मगराठीका अनुसार गाडीमा चालकसहित २१ जना सवार थिए । उनले भने, ‘आज बिहान साढे १० बजे गाडी दुर्घटना भएको हो । घाइतेहरूको उद्धार कार्य सम्पन्न भइसकेको र थप उपचारका लागि प्रदेश अस्पताल पठाउने काम भइसक्यो ।’दुर्घटनामा घाइते भएका सबै नौ जनालाई प्रदेश अस्पताल सुर्खेतमा पुर्‍याइएको छ । घाइतेहरूको पहिचान र अवस्थाबारे विस्तृत विवरण आउन बाँकी छ ।

newsnepal

Join the discussion

Your email address will not be published. Required fields are marked *