काठमाडौं । बिहीबार सेयर बजार १२.९५ अंकले घटेको छ। यो गिरावटसँगै बजार परिसूचक नेप्से २६५२ अंकमा कायम भएको छ। अघिल्लो दिन नेप्से १.४० अंकले बढेको थियो।
कारोबार सुरु भएको दुई मिनेटसम्म बजारले बढ्ने संकेत देखाए पनि त्यसपछि दिनभर बजार रातो अंकमै रह्यो। कारोबार रकममा पनि कमी आएको छ। अघिल्लो दिन ७ अर्ब ४३ करोड रुपैयाँको कारोबार भएकोमा आज ४ अर्ब ७२ करोड रुपैयाँमा सीमित भयो। आज ५६ कम्पनीको सेयर मूल्य बढ्दा २११ कम्पनीको घट्यो भने १२ कम्पनीको मूल्य स्थिर रह्यो।
माइक्रोफाइनान्सबाहेक सबै समूहगत सूचक घटेका छन्। माइक्रोफाइनान्स सूचक मात्र ०.०९ प्रतिशतले बढ्यो। कुनै पनि समूहगत सूचकको उतारचढाव १ प्रतिशतभन्दा बढी भएन। बैंकिङ ०.५७, विकास बैंक ०.७०, फाइनान्स ०.५०, होटल तथा पर्यटन ०.४२, जलविद्युत् ०.६७, लगानी ०.२९, जीवन बीमा ०.४६, उत्पादन तथा प्रशोधन ०.६२, निर्जीवन बीमा ०.३९, अन्य ०.४८ र व्यापार समूह ०.१४ प्रतिशतले घटे।
आज स्नो रिभर्सको सेयर मूल्य २.८७, एसियन हाइड्रोपावरको २.७०, मेरो माइक्रोफाइनान्सको २.४२, भगवती हाइड्रोपावरको २.३८ र आँखुखोला जलविद्युतको २.३७ प्रतिशतले बढ्यो। अर्कातर्फ चिरख्वा हाइड्रोपावरको ४.६१, हिमालयन रिइन्स्योरेन्सको ३.७५, उन्नति सहकार्य लघुवित्तको ३.६५ र भुजुङ हाइड्रोपावरको ३.६५ प्रतिशतले मूल्य घट्यो।
कारोबार रकमका आधारमा आँखुखोला जलविद्युत् कम्पनी, नेपाल पुनर्बीमा, घलेम्दी हाइड्रोपावर, अपी पावर, एनआईसी एसिया बैंक, छिमेक लघुवित्त र राधि विद्युत् आज अगाडि रहे।
