नेपाल भ्रमणमा रहेका भारतका विदेश सचिव विक्रम मिश्रीले प्रधानमन्त्री बालेन्द्र शाहसँग शिष्टाचार भेटवार्ता गरेका छन्। बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा दुई देशबीचका सम्बन्धका विविध विषयमा कुराकानी भएको छ।
भेटका क्रममा प्रधानमन्त्री शाहको भारत भ्रमणका विषयमा समेत छलफल भएको बताइएको छ। दुई पक्षबीचको सम्बन्धलाई थप बलियो बनाउने दिशामा भएका कुराकानीलाई भेटको महत्त्वपूर्ण पक्ष मानिएको छ।
परराष्ट्र सचिव अमृतबहादुर राईको निमन्त्रणामा बुधबार नेपाल आएका मिश्री दुई दिने भ्रमणमा छन्। भ्रमणका क्रममा उनले नेपाली समकक्षीसहित विभिन्न अधिकारीसँग भेटवार्ता गरिरहेका छन्।
प्रधानमन्त्री शाह मंसिर ६ गतेदेखि भारत भ्रमणमा जाने तयारीमा छन्। यद्यपि भ्रमणबारे औपचारिक घोषणा भइसकेको छैन। बिहीबारको भेटलाई उक्त भ्रमणको तयारीसँग जोडेर पनि हेरिएको छ।
