काठमाडौं । लगानी बोर्ड नेपालका पूर्व प्रमुख कार्यकारी अधिकृत सुशील भट्टलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले उनलाई शनिबार ललितपुरबाट पक्राउ गरेको हो ।
प्रहरीका एक उच्च अधिकृतका अनुसार नेपाल राष्ट्र बैंक ऐन अन्तर्गतको कसुरमा अनुसन्धानका लागि भट्टलाई नियन्त्रणमा लिइएको हो । इनाम सापकोटासँगको कारोबार तथा कनेक्सन जोडिएपछि उनी पक्राउ परेको प्रहरी स्रोतले जनाएको छ ।
पक्राउ परेका भट्टलाई हाल जिल्ला प्रहरी परिसर काठमाडौंमा राखेर थप अनुसन्धान अघि बढाइएको छ । घटनाबारे प्रहरीले विस्तृत विवरण भने सार्वजनिक गरेको छैन ।
