Wednesday, October 21, 2026
Breaking
रौतहटमा एकै महिना ९६ अपराध दर्ता, ११३ जना पक्राउ अमेरिकी हुलाक सेवामाथि १२ करोड ६० लाख डलरको छल गरेको आरोपमा पाकिस्तानी युवक पक्राउ दिवंगत पत्रकार उपाध्यायको परिवारलाई १६ लाखभन्दा बढी सहयोग अदालतको सजाय छलेर फरार ३२ जना कास्कीमा पक्राउ, १६ लाखभन्दा बढी जरिवाना असुल बेलिब्रिज सञ्चालनसँगै लाङटाङमा पर्यटकको चहलपहल मुगु र हुम्लामा टेलिकमको सेवा अवरुद्ध, मर्मत दसैँपछि मात्र रौतहटमा एकै महिना ९६ अपराध दर्ता, ११३ जना पक्राउ अमेरिकी हुलाक सेवामाथि १२ करोड ६० लाख डलरको छल गरेको आरोपमा पाकिस्तानी युवक पक्राउ दिवंगत पत्रकार उपाध्यायको परिवारलाई १६ लाखभन्दा बढी सहयोग अदालतको सजाय छलेर फरार ३२ जना कास्कीमा पक्राउ, १६ लाखभन्दा बढी जरिवाना असुल बेलिब्रिज सञ्चालनसँगै लाङटाङमा पर्यटकको चहलपहल मुगु र हुम्लामा टेलिकमको सेवा अवरुद्ध, मर्मत दसैँपछि मात्र

Turunta Khabar

Fresh Nepali news — major stories rewritten in simple Nepali, updated throughout the day.

Home / राजनीति

विपत्तिको घडीमा मनाइएको दसैँ : राष्ट्रिय एकताको आह्वानसहित रास्वपाको शुभकामना

राजनीति By

काठमाडौं, ४ कात्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले यस वर्षको बडादसैँ देशमा आइपरेको विपत्ति र शोकको घडीमा मनाउनुपरेको स्मरण गराउँदै सम्पूर्ण नेपालीहरूलाई सुदृढ र अभूतपूर्व एकतामा बाँधिन आह्वान गरेको छ।

विजयादशमी २०८३ को अवसरमा स्वदेश तथा प्रवासमा रहेका सम्पूर्ण नेपालीहरूमा शुभकामना व्यक्त गर्दै पार्टीले प्राकृतिक विपत्तिमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गरेको छ भने शोकाकुल परिवारजनमा समवेदना प्रकट गरेको छ।

रास्वपा सभापति रवि लामिछानेले दिएको शुभकामना सन्देशमा भनिएको छ, “यस वर्षको बडादसैँ हामी विपत्ति र शोकको घडीमा मनाउँदै छौं। धेरै नागरिकले अमूल्य जीवन गुमाउनुपरेको छ भने हजारौं परिवार घरबारविहीन र विस्थापित भएका छन्।”

सन्देशमा सङ्कटको यस संवेदनशील अवस्थामा विजयादशमीको पर्वले नेपाली समाजमा सकारात्मक ऊर्जा सञ्चार गर्दै विगतभन्दा सुदृढ एकता कायम गर्ने विश्वास व्यक्त गरिएको छ।

साथै रास्वपाले नवदुर्गा भवानीले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर राष्ट्र र जनताको हितमा समर्पित हुने शक्ति, सद्बुद्धि र सङ्कटसँग जुध्ने अदम्य साहस प्रदान गरून् भन्ने कामना गरेको छ। असत्यमाथि सत्यको विजयको यस पर्वले निराशाबाट आशातर्फ र विपत्तिबाट नवनिर्माणतर्फ लम्किन नव ऊर्जा दिने विश्वास पनि सन्देशमा व्यक्त गरिएको छ।

newsnepal

Join the discussion

Your email address will not be published. Required fields are marked *