Saturday, October 31, 2026
Breaking
ढिलाइले हैरान समर्थकको देउसीभैलो: ‘छिटो खेल गर देउसिरे’ सोमबार कर्णालीविरुद्ध मैदान उत्रिँदै वार्नर, गोर्खाजको समर्थकलाई निम्तो गाउँगाउँ पुगेर गुमेको मत फर्काउने कांग्रेसको नयाँ कार्ययोजना तिहारअघि सिरहामा वर्षाले सयपत्री खेती सखाप, किसानको लाखौँ लगानी डुब्यो वर्षाले छोट्यायो एनपीएल खेल: सुदूरपश्चिम र विराटनगरबीच पाँच ओभरको भिडन्त त्रिवि मैदानमा एउटा फ्लडलाइट निभ्दा पनि एनपीएल खेल रोकिएन ढिलाइले हैरान समर्थकको देउसीभैलो: ‘छिटो खेल गर देउसिरे’ सोमबार कर्णालीविरुद्ध मैदान उत्रिँदै वार्नर, गोर्खाजको समर्थकलाई निम्तो गाउँगाउँ पुगेर गुमेको मत फर्काउने कांग्रेसको नयाँ कार्ययोजना तिहारअघि सिरहामा वर्षाले सयपत्री खेती सखाप, किसानको लाखौँ लगानी डुब्यो वर्षाले छोट्यायो एनपीएल खेल: सुदूरपश्चिम र विराटनगरबीच पाँच ओभरको भिडन्त त्रिवि मैदानमा एउटा फ्लडलाइट निभ्दा पनि एनपीएल खेल रोकिएन

Turunta Khabar

Fresh Nepali news — major stories rewritten in simple Nepali, updated throughout the day.

Home / विश्व

सार्क महासचिव सरवारको कार्यकाल सकियो, भुटानका तोब्गे नयाँ महासचिव

विश्व By

काठमाडौँ । दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) का १५औँ महासचिव मोहम्मद गोलाम सरवारले आफ्नो कार्यकाल पूरा गरी स्वदेश फर्केका छन् । परराष्ट्र मन्त्रालयका अनुसार २०८० कात्तिकमा नियुक्त भएका उनले तीन वर्षको कार्यकाल पूरा गरेका हुन् ।

सरवारको कार्यकालमा सार्कले उल्लेखनीय उपलब्धि हासिल गर्न नसकेको टिप्पणी हुँदै आएको छ । सन् २०१४ पछि सार्क शिखर सम्मेलन हुन नसकेको अवस्थामा सम्मेलन आयोजना गराउन नसकेको भन्दै उनको आलोचना समेत हुने गरेको थियो ।

बङ्गलादेशको प्रतिनिधित्व गर्दै महासचिव बनेका सरवार यस पदमा पुग्ने बङ्गलादेशका तेस्रो कूटनीतिज्ञ थिए । उनले सन् १९९१ मा बङ्गलादेशको कूटनीतिक सेवामा प्रवेश गरेका थिए । आफ्नो लामो कूटनीतिक जीवनमा उनले मलेसिया, ओमन र स्वीडेनमा बङ्गलादेशका राजदूतको जिम्मेवारी सम्हालेका थिए भने क्वालालम्पुर, काठमाडौँ, याङ्गुन र वासिङ्टन डिसीमा पनि कूटनीतिज्ञका रूपमा काम गरिसकेका छन् ।

यसैबीच सार्कको १६औँ महासचिवमा भुटानका तासो सोनाम तोब्गे नियुक्त भएका छन् । परराष्ट्र मन्त्रालयका अनुसार उनी छिट्टै काठमाडौँ आउनेछन् । सार्क सचिवालयमा वर्णानुक्रमका आधारमा नेतृत्व गर्ने परम्परा छ । यसअनुसार नयाँ महासचिव सिफारिस गर्ने पालो अफगानिस्तानको थियो । तर अफगानिस्तानमा आएको तालिबानी सरकारलाई सार्कका सदस्य राष्ट्रहरूले अझै मान्यता नदिएकाले यसअघि बङ्गलादेशले अवसर पाएको थियो । अहिले पनि अफगानिस्तानलाई जिम्मेवारी नदिई भुटानलाई दिइएको छ ।

newsnepal

Join the discussion

Your email address will not be published. Required fields are marked *