सुर्खेत । पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिका–३, लगाम डाँडामा मंगलबार बिहान यात्रुबाहक फोर्स गाडी दुर्घटना हुँदा नौ जना यात्रु घाइते भएका छन् ।कैलालीको लम्किबाट अछामका लागि छुटेको कर्णाली प्रदेश ०२–००१ ज ०८४४ नम्बरको गाडी बिहान करिब साढे १० बजे अनियन्त्रित भई दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।कार्यालयका निमित्त प्रवक्ता दीपेन्द्र मगराठीका अनुसार गाडीमा चालकसहित २१ जना सवार थिए । उनले भने, ‘आज बिहान साढे १० बजे गाडी दुर्घटना भएको हो । घाइतेहरूको उद्धार कार्य सम्पन्न भइसकेको र थप उपचारका लागि प्रदेश अस्पताल पठाउने काम भइसक्यो ।’दुर्घटनामा घाइते भएका सबै नौ जनालाई प्रदेश अस्पताल सुर्खेतमा पुर्याइएको छ । घाइतेहरूको पहिचान र अवस्थाबारे विस्तृत विवरण आउन बाँकी छ ।
पश्चिम सुर्खेतको पञ्चपुरीमा फोर्स गाडी दुर्घटना, नौ यात्रु घाइते
