Friday, November 6, 2026
Breaking
बाढीले भत्किएका सडक र पुल बनाउन राहत कोषबाट १० अर्ब परिचालन हुने नेपालमा ‘रामायण’को धमाकेदार सुरुआत : पहिलो दिनमै दुई करोडभन्दा बढी रत्ननगरका १७ भूमिहीन परिवारले पाए जग्गाधनी पुर्जा हुम्लाकी सुत्केरीको पाँच दिनपछि हेलिकप्टर उद्धार, सुर्खेत पुर्‍याइयो बाजुरामा हिमाली ऊन र स्थानीय सीपको रनवे, पर्यटन प्रवर्द्धनको नयाँ प्रयास पद छाड्ने चर्चा निराधार भएको रुबियोको दाबी, ट्रम्पको कार्यकालभरि काम गर्ने प्रतिबद्धता बाढीले भत्किएका सडक र पुल बनाउन राहत कोषबाट १० अर्ब परिचालन हुने नेपालमा ‘रामायण’को धमाकेदार सुरुआत : पहिलो दिनमै दुई करोडभन्दा बढी रत्ननगरका १७ भूमिहीन परिवारले पाए जग्गाधनी पुर्जा हुम्लाकी सुत्केरीको पाँच दिनपछि हेलिकप्टर उद्धार, सुर्खेत पुर्‍याइयो बाजुरामा हिमाली ऊन र स्थानीय सीपको रनवे, पर्यटन प्रवर्द्धनको नयाँ प्रयास पद छाड्ने चर्चा निराधार भएको रुबियोको दाबी, ट्रम्पको कार्यकालभरि काम गर्ने प्रतिबद्धता

Turunta Khabar

Fresh Nepali news — major stories rewritten in simple Nepali, updated throughout the day.

Home / समाचार

भूमिगत नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन, आर्यघाटमा श्रद्धाञ्जली

समाचार By

पञ्चायतकालमा भूमिगत जीवन बिताइरहेका वामपन्थी नेताहरूलाई दोलखामा आश्रय दिएकी रनधता पोखरेलको निधन भएको छ। ९१ वर्षीया पोखरेलको भक्तपुरको लोकन्थलीस्थित निवासमा बिहीबार साँझ निधन भएको हो। उनको आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ।

पोखरेलप्रति श्रद्धाञ्जली अर्पण गर्न नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसहित विभिन्न राजनीतिक दलका नेता तथा विशिष्ट व्यक्तिहरू आर्यघाट पुगेका थिए। अध्यक्ष ओलीले दिवङ्गत पोखरेलको पार्थिव शरीरमा एमालेको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरे।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम, बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा, पूर्वसभामुख देवराज घिमिरे, एमाले सचिव भानुभक्त ढकाल, पूर्वमन्त्री पार्वत गुरुङ, संघीय सांसद, प्रदेशसभा सदस्य तथा बागमती प्रदेशका पूर्वमन्त्री रचना खड्कालगायतले पनि श्रद्धाञ्जली अर्पण गरे।

पूर्वमन्त्री आनन्दप्रसाद पोखरेलकी आमा रहेकी रनधताले पञ्चायतकालमा भूमिगत राजनीतिक जीवन बिताइरहेका एमाले अध्यक्ष ओली, पूर्ववरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल तथा नेताहरू अमृत बोहरा, केशव बडाल र माधव पौडेललगायतलाई दोलखामा आश्रय दिएकी थिइन्। लोकतन्त्र स्थापनाका लागि उनले पुर्‍याएको योगदानको स्मरण गर्दै नेताहरूले श्रद्धाञ्जली अर्पण गरेका हुन्। स्वर्गीय पोखरेलका दुई छोरा र दुई छोरी छन्।

newsnepal

Join the discussion

Your email address will not be published. Required fields are marked *