Friday, November 6, 2026
Breaking
मधेश सरकार छाड्दै नेकपा : चार मन्त्रीले आजै राजीनामा बुझाउने तयारी मध्यावधि चुनावमा ट्रम्पको दल पराजित, महाभियोगको चर्चा चुलियो थाइल्यान्डमाथि फराकिलो जितसँगै यू–१९ महिला टोलीको तेस्रो सफलता यू–१९ एसिया कपमा नेपालको निराशाजनक सुरुआत : भारतसँग १० विकेटको हार रास्वपा सभापति लामिछानेको आत्मआलोचना : सफलताले मात्तियौँ, अब भुइँमा टेक्नुपर्छ तिहारमा काभ्रेका सडकमा टिपर नचल्ने, कात्तिक २२ देखि २६ सम्म रोक मधेश सरकार छाड्दै नेकपा : चार मन्त्रीले आजै राजीनामा बुझाउने तयारी मध्यावधि चुनावमा ट्रम्पको दल पराजित, महाभियोगको चर्चा चुलियो थाइल्यान्डमाथि फराकिलो जितसँगै यू–१९ महिला टोलीको तेस्रो सफलता यू–१९ एसिया कपमा नेपालको निराशाजनक सुरुआत : भारतसँग १० विकेटको हार रास्वपा सभापति लामिछानेको आत्मआलोचना : सफलताले मात्तियौँ, अब भुइँमा टेक्नुपर्छ तिहारमा काभ्रेका सडकमा टिपर नचल्ने, कात्तिक २२ देखि २६ सम्म रोक

Turunta Khabar

Fresh Nepali news — major stories rewritten in simple Nepali, updated throughout the day.

Home / समाचार

ईनम प्रकरण : अनुसन्धानपछि सबै तथ्य सार्वजनिक गरिने प्रहरीको भनाइ

समाचार By

काठमाडौँ प्रहरीको हिरासतमा रहेका ईनम सापकोटाबारे अनुसन्धान जारी रहेको र अनुसन्धान सकिएपछि देखिएका सबै विषय सार्वजनिक गरिने जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसपी दिलीप घिमिरेले बताएका छन् । शुक्रबार जिल्ला प्रहरी परिसर काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा उनले अनुसन्धानबारे अहिले आफ्नो युनिटले कुनै धारणा सार्वजनिक नगरेको जानकारी दिए ।

ईनमको सम्पर्क सर्वोच्चका न्यायाधीश, प्रधानमन्त्रीको सचिवालय र प्रहरीका उच्च अधिकृतहरूसँग देखिएको छ । उनले प्रहरी अधिकृतहरूसँग सोधपुछका क्रममा बोलेको अडियो समेतका सामग्री बाहिरिएका छन् ।

पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग ‘कनेक्सन’ देखिएपछि पक्राउ परेका ईनमबारे अनुसन्धान भइरहेको एसएसपी घिमिरेले बताए । ‘त्यस विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ,’ उनले भने ।

अडियो कसरी र के आयो भन्ने विषय पनि अनुसन्धानकै पाटो भएको उनले बताए । ‘अनुसन्धान सकिएपछि हामी देखिएका विषय सार्वजनिक गर्छौं,’ घिमिरेले भने ।

newsnepal

Join the discussion

Your email address will not be published. Required fields are marked *