Friday, November 6, 2026
Breaking
झापामा २३ लाखभन्दा बढीका पटका नष्ट चितवनमा जीप खोल्सामा खस्दा २५ जना घाइते कन्याममा पहिलो सूर्योदय चिया महोत्सव मंसिर ५ देखि, दश हजार सहभागीको अपेक्षा बुटवलमा लुम्बिनी कोषको नियुक्तिविरुद्ध मौन जुलुस, बदर नगरे आन्दोलन चर्काउने चेतावनी ओकिनावामा अमेरिकी सैनिकबाट हुने अपराध रोक्न टोकियो र वासिङ्टनबीच सहमति सर्वोच्चको भूमिका संविधान र नागरिक अधिकारको रक्षा गर्नु हो : चन्द्रबहादुर सारू झापामा २३ लाखभन्दा बढीका पटका नष्ट चितवनमा जीप खोल्सामा खस्दा २५ जना घाइते कन्याममा पहिलो सूर्योदय चिया महोत्सव मंसिर ५ देखि, दश हजार सहभागीको अपेक्षा बुटवलमा लुम्बिनी कोषको नियुक्तिविरुद्ध मौन जुलुस, बदर नगरे आन्दोलन चर्काउने चेतावनी ओकिनावामा अमेरिकी सैनिकबाट हुने अपराध रोक्न टोकियो र वासिङ्टनबीच सहमति सर्वोच्चको भूमिका संविधान र नागरिक अधिकारको रक्षा गर्नु हो : चन्द्रबहादुर सारू

Turunta Khabar

Fresh Nepali news — major stories rewritten in simple Nepali, updated throughout the day.

Home / राजनीति

छठपछि सडकमा उत्रिने पत्रकार महासंघको घोषणा, आठ बुँदे मागसहित चरणबद्ध आन्दोलन

राजनीति By

काठमाडौं । नेपाल पत्रकार महासंघले छठ पर्व सकिएलगत्तै चरणबद्ध आन्दोलन थाल्ने भएको छ । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा र पत्रकारका पेसागत अधिकार सुनिश्चित गर्न महासंघले सरकारविरुद्ध सडकमा उत्रिने निर्णय गरेको हो ।

महासंघको केन्द्रीय समितिको बैठक बिहीबार अध्यक्ष निर्मला शर्माको अध्यक्षतामा केन्द्रीय कार्यालयमा बसेको थियो । बैठकले आठ बुँदे निर्णय गर्दै आन्दोलनका कार्यक्रम अघि बढाउने निष्कर्ष निकालेको छ ।

समाचार कक्षभित्रै प्रहरी प्रवेश गरेर पत्रकारमाथि धरपकड गरिएको घटनालाई बैठकले समग्र पत्रकारिता क्षेत्रमाथिको प्रहारका रूपमा ठहर गरेको छ । उक्त घटनाको स्वतन्त्र छानबिन गरी दोषीलाई कारबाही गर्न महासंघले माग गरेको छ ।

सरोकारवाला पक्षसँग छलफल नै नगरी एकतर्फी रूपमा ल्याइएको प्रेस काउन्सिलसम्बन्धी अध्यादेश फिर्ता लिन पनि बैठकले सरकारसँग आग्रह गरेको छ । अध्यादेश जारी नगर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आग्रह गर्ने निर्णयसमेत महासंघले गरेको छ ।

गोरखापत्रलगायत सरकारी तथा निजी सञ्चारमाध्यमबाट पत्रकारलाई जबरजस्ती निकाल्ने, पारिश्रमिक नदिने र चाडपर्व खर्चसमेत नदिने काम श्रम अधिकारको गम्भीर उल्लंघन भएको महासंघको ठहर छ ।

लोककल्याणकारी विज्ञापनबापत पत्रपत्रिकाले पाउँदै आएको रकम कटौती गर्ने विषयमा प्रेस काउन्सिल नेपालको सिफारिसअनुसार अघि बढ्न सरकारसँग आग्रह गर्ने निर्णय पनि बैठकले गरेको छ ।

यसैगरी, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र संविधानको संरक्षणका लागि शान्ति र लोकतन्त्रका लागि पेसागत सञ्जाल (पापड) लाई सक्रिय बनाउने, महासंघका एजेन्डा संसद्मा उठाउन सांसदहरूसँग बहस तथा पैरवी गर्ने र अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउने निर्णय बैठकले गरेको छ ।

बैठकका निर्णय सार्वजनिक गर्दै महासचिव रामप्रसाद दाहालले माग सम्बोधन गराउन छठपछि चरणबद्ध आन्दोलनका कार्यक्रम सञ्चालन गरिने जानकारी दिए ।

newsnepal

Join the discussion

Your email address will not be published. Required fields are marked *