Friday, November 6, 2026
Breaking
राजदूतको नाम अनुमोदन नगर्ने समितिको निर्णयविरुद्ध खरेलले सर्वोच्चमा रिट दायर गरे सरकारविरुद्ध विपक्षी एकजुट हुँदै, संसद् बोलाउन माग गर्दै सडक आन्दोलनको तयारी भोटेकोशी बाढीले अर्थतन्त्रमा साढे चार खर्बभन्दा बढी क्षति, पुनर्निर्माणमा सात खर्ब आवश्यक भारत भ्रमणमा दुई अर्ब डलरको प्याकेजसहित नेपालको ठूलो प्रस्ताव: द्रुतमार्ग, रेल र हवाई सम्पर्कमा के–के छ? कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय : घर बीमा र लोककल्याणकारी विज्ञापन कार्यविधि स्वीकृत कर्णालीमा स्याउ बोर्डसम्बन्धी विधेयक प्रदेश सभामा लैजाने तयारी, मन्त्रिपरिषद्बाट स्वीकृति राजदूतको नाम अनुमोदन नगर्ने समितिको निर्णयविरुद्ध खरेलले सर्वोच्चमा रिट दायर गरे सरकारविरुद्ध विपक्षी एकजुट हुँदै, संसद् बोलाउन माग गर्दै सडक आन्दोलनको तयारी भोटेकोशी बाढीले अर्थतन्त्रमा साढे चार खर्बभन्दा बढी क्षति, पुनर्निर्माणमा सात खर्ब आवश्यक भारत भ्रमणमा दुई अर्ब डलरको प्याकेजसहित नेपालको ठूलो प्रस्ताव: द्रुतमार्ग, रेल र हवाई सम्पर्कमा के–के छ? कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय : घर बीमा र लोककल्याणकारी विज्ञापन कार्यविधि स्वीकृत कर्णालीमा स्याउ बोर्डसम्बन्धी विधेयक प्रदेश सभामा लैजाने तयारी, मन्त्रिपरिषद्बाट स्वीकृति

Turunta Khabar

Fresh Nepali news — major stories rewritten in simple Nepali, updated throughout the day.

Home / समाचार

उपत्यकामा फेला परेका ५० दुईपाङ्ग्रे सवारी धनीलाई फिर्ता

समाचार By

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपत्यकामा विभिन्न समयमा हराएका तथा चोरी भएका ५० वटा दुईपाङ्ग्रे सवारीसाधन फेला पारी सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आज आयोजित कार्यक्रममा उपत्यका ट्राफिक प्रहरी प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सुरेशप्रसाद काफ्लेले फेला परेका सवारीसाधन सम्बन्धित धनीलाई हस्तान्तरण गरेका हुन्। हस्तान्तरण गरिएका सवारीसाधनमध्ये २५ वटा मोटरसाइकल र २५ वटा स्कुटर रहेका छन्। ट्राफिक प्रहरीले विभिन्न समयमा प्राप्त निवेदनका आधारमा खोजतलास गर्दा ती सवारीसाधन फेला पारेको जनाएको छ।

कार्यक्रममा ट्राफिक प्रहरी प्रमुख काफ्लेले सवारीसाधनको सुरक्षामा स्वयं धनी पनि सचेत हुनुपर्ने बताउँदै हराए वा चोरी भएमा तत्काल ट्राफिक प्रहरीलाई जानकारी गराउन आग्रह गरे। उनले सवारीसाधन जथाभावी तथा एकान्त स्थानमा पार्किङ नगर्न र जिपीएसलगायत सुरक्षा उपकरण जडान गर्न सुझाव दिए।

ट्राफिक प्रहरी प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ मा हालसम्म हराएका तथा चोरी भएका ३०३ वटा दुईपाङ्ग्रे सवारीसाधन फेला पारी सम्बन्धित धनीलाई बुझाइ सकिएको छ। चालु आवमा मोटरसाइकल चोरीमा संलग्न रहेको आशंकामा ३४ जनालाई पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसरमा पठाइएको छ। त्यसैगरी तीन वटा चारपाङ्ग्रे सवारीसाधन र दुई वटा मोटरसाइकल आवश्यक कारबाहीका लागि भन्सार कार्यालयमा पठाइएको छ।

प्रवक्ता सुवेदीले व्यक्तिगत सतर्कता, प्रविधिको प्रभावकारी प्रयोग र भौतिक सुरक्षाको संयोजनबाट सवारीसाधन चोरी नियन्त्रण गर्न सकिने बताए। फेला परेका सवारीसाधन फिर्ता पाएपछि धनीहरूले खुसी व्यक्त गर्दै ट्राफिक प्रहरीलाई धन्यवाद दिएका छन्।

newsnepal

Join the discussion

Your email address will not be published. Required fields are marked *