Saturday, November 7, 2026
Breaking
न्युजिल्यान्डको तटमा ४३ पाइलट ह्वेलको सामूहिक मृत्यु, उद्धार प्रयास असफल चाडपर्वको सुरक्षामा प्रहरीको विशेष योजना : देशभर ४०८ सहायता कक्ष, एक हजार १६५ प्रहरी खटिने दश महिना बित्यो, धोमा इलाका प्रशासन कार्यालय अझै सञ्चालनमा आएन टेस्ट क्रिकेटबाट मोहम्मद शमीको बिदाइ, सीमित ओभरको क्रिकेट भने जारी राख्ने बैंक संकटको छायामा पाराग्वे : राष्ट्रपति महाअभियोगबाट पदच्युत, नजरबन्दमा जनकपुरधाम–अयोध्या रेल सम्पर्कको तयारी तीव्र, १७ बोगीसहित परीक्षण रेल कुर्था पुग्यो न्युजिल्यान्डको तटमा ४३ पाइलट ह्वेलको सामूहिक मृत्यु, उद्धार प्रयास असफल चाडपर्वको सुरक्षामा प्रहरीको विशेष योजना : देशभर ४०८ सहायता कक्ष, एक हजार १६५ प्रहरी खटिने दश महिना बित्यो, धोमा इलाका प्रशासन कार्यालय अझै सञ्चालनमा आएन टेस्ट क्रिकेटबाट मोहम्मद शमीको बिदाइ, सीमित ओभरको क्रिकेट भने जारी राख्ने बैंक संकटको छायामा पाराग्वे : राष्ट्रपति महाअभियोगबाट पदच्युत, नजरबन्दमा जनकपुरधाम–अयोध्या रेल सम्पर्कको तयारी तीव्र, १७ बोगीसहित परीक्षण रेल कुर्था पुग्यो

Turunta Khabar

Fresh Nepali news — major stories rewritten in simple Nepali, updated throughout the day.

Home / समाचार

तिहार नजिकिँदै गर्दा मादलको बजार तात्यो, धरानका व्यापारी व्यस्त

समाचार By

तिहार नजिकिएसँगै सुनसरीमा नेपाली मौलिक बाजा मादलको व्यापार बढेको छ। देउसीभैलो खेल्ने समूहहरूले मादल किन्ने भएकाले चाडपर्वको समयमा यसको माग उल्लेख्य रूपमा बढ्ने व्यापारीहरू बताउँछन्।

गीतसङ्गीत र सांस्कृतिक कार्यक्रममा डिजिटल साउन्ड सिस्टमको प्रयोग बढ्दै गए पनि देउसीभैलोमा मादलको आकर्षण भने घटेको छैन। चाडको बेला देउसीभैलो खेल्ने टोलीले मादललाई नै प्राथमिकता दिने गरेका छन्।

धरान उपमहानगरपालिका–२ छाताचोकस्थित साल्सा म्युजिक स्टोरका सञ्चालक सुमन चौधरीका अनुसार तिहारका बेला दैनिक ७० देखि ८० वटासम्म मादल बिक्री हुने गरेको छ। सामान्य समयमा भने दैनिक पाँचदेखि १० वटासम्म मात्र बिक्री हुन्छ।

विगत २० वर्षदेखि मादल र गितारलगायत बाजाको व्यापार गर्दै आएका चौधरीले भोजपुर, खाँदबारी, चैनपुर, धनकुटा, हिले, सिदुवा, उदयपुर, रामपुर र बेलटारलगायत स्थानमा मादल पठाउँदै आएका छन्। उनी तीन हजारदेखि आठ हजार रुपैयाँसम्मका मादल बिक्री गर्छन्।

पहिले बाहिरबाट मादल ल्याएर बिक्री गर्ने चौधरीले अहिले आफ्नै कारखानामा मादल बनाउने गरेका छन्। आफ्नै कारखाना भएकाले ग्राहकको मागअनुसार आकार र गुणस्तरका मादल बनाउन सहज भएको उनको भनाइ छ। उनको पसल तथा कारखानामा अहिले छ जनाले रोजगारी पाएका छन् भने परिवारका सदस्यले पनि व्यवसायमा सहयोग गर्दै आएका छन्।

धरानको भानुचोकदेखि पूर्वतर्फ देसी लाइनमा मादलको व्यापार गर्दै आएका यदुनाथ अधिकारीले पनि तिहार नजिकिएसँगै बिक्री बढेको बताए। विगत १५ वर्षदेखि परिवारका सदस्यसँग मिलेर मादल र खुकुरीको व्यापार गर्दै आएका अधिकारीको पसलमा दुई हजारदेखि सात हजार रुपैयाँसम्मका मादल राखिएका छन्। उनका अनुसार कहिलेकाहीँ एकै दिन आठदेखि १० वटासम्म मादल बिक्री हुने गरेको छ। लक्ष्मीपूजादेखि बिक्री झनै बढ्ने उनको भनाइ छ।

इटहरी उपमहानगरपालिका–६ का भेषराज अधिकारीले पनि विगत नौ वर्षदेखि मादल र खुकुरीको व्यापार गर्दै आएका छन्। उनका अनुसार तिहारको समयमा एक लाखदेखि डेढ लाख रुपैयाँसम्मको मादल बिक्री हुने गरेको छ।

तिहारमा देउसीभैलो खेल्ने परम्पराले नेपाली मौलिक बाजा मादलको व्यापारलाई चलायमान बनाउँदै आएको छ।

newsnepal

Join the discussion

Your email address will not be published. Required fields are marked *