Sunday, November 8, 2026
Breaking
फूल बेचेर तिहार खर्च जोहो गर्दै नेपालगञ्जका युवा किसान यूएईसँग सात विकेटले हारेपछि नेपालको यू–१९ एसिया कप यात्रा संकटमा साइबर ब्युरोमा सोधपुछका लागि पुगेका शिवाकोटी, कानुन व्यवसायीलाई भित्र जान रोक देशका चार जिल्लामा जुवातासविरुद्ध प्रहरीको छापा : २८ जना पक्राउ, १० लाखभन्दा बढी नगद बरामद वातावरण जोगाउन एआईको प्रयोग बढ्दै, तर डेटा सेन्टरको ऊर्जा र पानी खपतले चिन्ता थप्यो हाइनानको जंगलमा भेटियो भ्यागुताको नयाँ प्रजाति फूल बेचेर तिहार खर्च जोहो गर्दै नेपालगञ्जका युवा किसान यूएईसँग सात विकेटले हारेपछि नेपालको यू–१९ एसिया कप यात्रा संकटमा साइबर ब्युरोमा सोधपुछका लागि पुगेका शिवाकोटी, कानुन व्यवसायीलाई भित्र जान रोक देशका चार जिल्लामा जुवातासविरुद्ध प्रहरीको छापा : २८ जना पक्राउ, १० लाखभन्दा बढी नगद बरामद वातावरण जोगाउन एआईको प्रयोग बढ्दै, तर डेटा सेन्टरको ऊर्जा र पानी खपतले चिन्ता थप्यो हाइनानको जंगलमा भेटियो भ्यागुताको नयाँ प्रजाति

Turunta Khabar

Fresh Nepali news — major stories rewritten in simple Nepali, updated throughout the day.

Home / राजनीति

महिलामन्त्री बादी र कर्णालीका मुख्यमन्त्री शाहीबीच भेट, सामाजिक सूचक सुधारमा छलफल

राजनीति By

सुर्खेत । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादी र कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाहीबीच शुक्रबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भेटवार्ता भएको छ । भेटमा प्रदेशका सामाजिक विकासमन्त्री जितबहादुर मल्लको समेत उपस्थिति रहेको थियो ।

भेटवार्ताका क्रममा मन्त्री बादीले लैङ्गिक हिंसा, बालविवाह, बालमृत्युदर, कुपोषण, पुड्कोपना, अपाङ्गता भएका व्यक्तिका सवाल तथा महिला उद्यमशीलताको प्रवर्द्धनलगायतका विषयलाई प्राथमिकतामा राखेर तीनै तहका सरकारले समन्वय र सहकार्यका साथ काम गर्नुपर्नेमा जोड दिइन् ।

उनले महिला, बालबालिका तथा सीमान्तकृत समुदायका समस्या समाधानका लागि संघ, प्रदेश र स्थानीय तहबीच साझा जिम्मेवारी र प्रभावकारी समन्वय आवश्यक रहेको उल्लेख गर्दै लक्षित समुदायको आवश्यकता सम्बोधन हुने गरी नीति, कार्यक्रम तथा बजेट केन्द्रित गर्नुपर्ने बताइन् ।

भेटमा मुख्यमन्त्री शाहीले कर्णाली प्रदेशमा विद्यमान बालमृत्युदर, कुपोषण, पुड्कोपना र बालविवाहजस्ता समस्या न्यूनीकरणका लागि संघीय सरकारले विशेष कार्यक्रम तथा थप बजेटको व्यवस्था गर्नुपर्ने बताए । उनले किशोरकिशोरीको मानसिक स्वास्थ्यलाई समेत प्राथमिकतामा राख्दै प्रदेशका सामाजिक तथा स्वास्थ्य सूचक सुधारका लागि संघीय सरकारको विशेष पहल आवश्यक रहेको औँल्याए ।

जवाफमा मन्त्री बादीले कर्णाली प्रदेशको समग्र विकास तथा सामाजिक सूचक सुधारका लागि संघीय सरकार प्रदेश सरकारसँग सहकार्य गर्न प्रतिबद्ध रहेको बताइन् । उनले प्रदेशमा बालसुधार गृह स्थापनाका लागि आवश्यक पहल भइरहेको जानकारीसमेत गराइन् ।

भेटमा प्रदेशका सामाजिक विकासमन्त्री जितबहादुर मल्लले स्वास्थ्य तथा शिक्षा क्षेत्रको सुधारका लागि प्रदेश सरकारले गरिरहेका प्रयासबारे जानकारी गराउँदै संघीय सरकारको निरन्तर सहयोग र सहकार्य आवश्यक रहेको बताए । भेटवार्तामा महिला सशक्तीकरण, बालअधिकार संरक्षण, लैङ्गिक हिंसा न्यूनीकरण, सामाजिक सुरक्षा तथा समावेशी विकासका क्षेत्रमा तीनै तहका सरकारबीच समन्वय र सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा छलफल भएको थियो ।

newsnepal

Join the discussion

Your email address will not be published. Required fields are marked *