भक्तपुरमा नेपाल संवत् ११४७ को नयाँ वर्षका अवसरमा सोमबार आयोजित सांस्कृतिक भिन्तुना र्यालीपछि नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव प्रेम सुवालले देशको वर्तमान अवस्थाप्रति कडा टिप्पणी गरेका छन् ।
उनले भ्रष्टाचार गरेर मुलुकलाई डुबाउने र आन्दोलनको नाममा आगजनी गर्ने दुवै समूह नेपाली जनताका शत्रु भएको बताए ।
सुवालले पुराना राजनीतिक दलहरूले भ्रष्टाचारमार्फत देशलाई डुबाएको आरोप लगाए भने आफूलाई नयाँ भन्ने दलले गत वर्ष भदौ २३ र २४ गते देश जलाएको दाबी गरे । यी दुवै प्रवृत्तिबाट मुलुक अघि बढ्न नसक्ने उनको भनाइ थियो ।
भ्रष्टाचार नियन्त्रणको सुरुवात प्रधानमन्त्रीबाटै हुनुपर्नेमा उनले जोड दिए । प्रधानमन्त्रीले भ्रष्टाचार नगरे मन्त्रीहरूले गर्न नसक्ने र मन्त्रीहरूले नगरेपछि प्रशासक तथा हाकिमहरूले पनि गर्न नसक्ने उनको तर्क थियो ।
सुवालको भनाइमा मुलुकलाई सही बाटोमा लैजान भ्रष्टाचारविरुद्धको लडाइँ माथिल्लो तहबाटै सुरु गर्नुपर्छ र हिंसात्मक आन्दोलनले देशलाई कहीँ पुर्याउँदैन ।
