Monday, November 9, 2026
Breaking
कोप–३१ : हिमाली मुद्दा छुट्टै एजेन्डा बन्न सकेन, रातभर वार्तापछि चारबुँदे समझदारी मार्चमा गोल्ड कोस्टमा जीसीएनपीएल: पाँच टोलीबीच प्रतिस्पर्धा, सगरमाथा टाइटन्स नयाँ पर्सा प्रहरीको अभियान : तीन दिनमा साढे तीन लाख रुपैयाँका पटका नियन्त्रणमा चितवनका बोपारा भन्छन्— यस सिजनका पिच अपेक्षाअनुसार भएनन् नेपाल संवत् ११४७ : म्ह: पूजामा शरीर र आत्माको उत्सव क्रेमलिनको दबाबपछि रुसको स्वतन्त्र अखबार नोभाया गाजेता बन्द कोप–३१ : हिमाली मुद्दा छुट्टै एजेन्डा बन्न सकेन, रातभर वार्तापछि चारबुँदे समझदारी मार्चमा गोल्ड कोस्टमा जीसीएनपीएल: पाँच टोलीबीच प्रतिस्पर्धा, सगरमाथा टाइटन्स नयाँ पर्सा प्रहरीको अभियान : तीन दिनमा साढे तीन लाख रुपैयाँका पटका नियन्त्रणमा चितवनका बोपारा भन्छन्— यस सिजनका पिच अपेक्षाअनुसार भएनन् नेपाल संवत् ११४७ : म्ह: पूजामा शरीर र आत्माको उत्सव क्रेमलिनको दबाबपछि रुसको स्वतन्त्र अखबार नोभाया गाजेता बन्द

Turunta Khabar

Fresh Nepali news — major stories rewritten in simple Nepali, updated throughout the day.

Home / अर्थतन्त्र

असोजमा काँकडभिट्टाबाट झन्डै ९९ करोडको अलैँची भारत निर्यात

अर्थतन्त्र By

झापा । पूर्वी नेपालको प्रमुख व्यापारिक नाका काँकडभिट्टाबाट गत असोज महिनामा मात्र झन्डै ९९ करोड रुपैयाँ बराबरको अलैँची भारततर्फ पठाइएको छ । मेची भन्सार कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार सो अवधिमा पाँच लाख ४१ हजार ९४० केजी अलैँची निर्यात भएको हो, जसको मूल्य रु ९८ करोड ८८ लाख ८४ हजार रहेको छ ।

कार्यालयका सूचना अधिकारी माङ्कल राईका अनुसार असोजमा अलैँचीपछि सबैभन्दा धेरै मूल्यको निर्यात चियाको भएको छ । एक महिनामा १७ लाख १५ हजार ९३२ केजी चिया निर्यात हुँदा रु ४९ करोड ५४ लाख ५२ हजार आम्दानी भएको छ । त्यस्तै एक लाख १८ हजार ४४४ केजी प्लाइउड निर्यातबाट रु ४४ करोड २३ लाख ४८ हजार र १३ लाख १९ हजार १४० केजी अम्रिसोबाट रु आठ करोड ९५ लाख ५० हजार प्राप्त भएको छ ।

अलैँची, चिया र प्लाइउड झापा, इलाम, पाँचथर र ताप्लेजुङमा उत्पादन हुने प्रमुख निर्यातजन्य वस्तु हुन् । यी जिल्लामा उत्पादित वस्तु काँकडभिट्टा नाकाबाट भारततर्फ जाने गर्दछन् ।

सोही महिनामा ४६ हजार ७४५ केजी छुर्पी निर्यातबाट रु आठ करोड ९५ लाख ३६ हजार, २० लाख ८० हजार ७६३ केजी फलामे पाताबाट रु २९ करोड ८४ लाख ६७ हजार र ४८ हजार ३१८ केजी सुकुटीबाट रु चार करोड ८३ लाख १८ हजार आम्दानी भएको भन्सार कार्यालयले जनाएको छ ।

newsnepal

Join the discussion

Your email address will not be published. Required fields are marked *