काठमाडौँ । नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले यस वर्षको बडादसैँ आफ्नो जन्मभूमि धनुषाको सपहीमा मनाएका छन् । चाडको छेको पारेर उनी मङ्गलबार लक्ष्मीनियाँ गाउँपालिका–४ मा रहेको पुर्ख्यौली गाउँ सपही पुगेका थिए ।विजयादशमीका दिन परिवारजन, आफन्त तथा दाजुभाइसँगै टीका र जमरा लगाउने र शुभकामना आदानप्रदान गर्ने कार्यक्रम गरिएको जनाइएको छ । गाउँमा निकै उल्लासमय वातावरणबीच दसैँ मनाएको उनले बताए ।डा यादव २०६५ सालमा नेपालका पहिलो राष्ट्रपतिका रूपमा निर्वाचित भएका थिए । उनी २०७२ सालसम्म राष्ट्रपति पदमा रहे ।विजयादशमी हिन्दु धर्मावलम्बीको सबैभन्दा ठूलो चाड बडादसैँको मुख्य दिन हो । यस दिन आफन्त तथा मान्यजनबाट टीका र जमरा ग्रहण गर्ने परम्परा छ ।
धनुषाको सपही पुगेर प्रथम राष्ट्रपति यादवले मनाए विजयादशमी
