Friday, October 23, 2026
Breaking
दाङमा कृत्रिम ड्यामले बदल्यो सुक्खा बस्ती, दुईसय बिघामा सिंचाइ पुग्ने फ्रान्समा प्रदर्शनकारीमै मतभेद : कोही फेरि सडकमा, कोही टाढिए म्याराडोनाका स्वास्थ्यकर्मीको भाग्य डिसेम्बर २२ मा तय हुने साइबर जोखिमपछि बैंकिङ सेवा ठप्प : राष्ट्र बैंकसहित अधिकांश बैंकले वेबसाइट बन्द नेकपाको दुईमहिने ‘राष्ट्रिय जागरण अभियान’ शनिबारदेखि, प्रचण्ड र माधवले सम्बोधन गर्ने रक्षा बलका मूल्यविपरीत निर्णय लिएको स्वीकार गर्दै न्युजिल्यान्डका सेना प्रमुखको राजीनामा दाङमा कृत्रिम ड्यामले बदल्यो सुक्खा बस्ती, दुईसय बिघामा सिंचाइ पुग्ने फ्रान्समा प्रदर्शनकारीमै मतभेद : कोही फेरि सडकमा, कोही टाढिए म्याराडोनाका स्वास्थ्यकर्मीको भाग्य डिसेम्बर २२ मा तय हुने साइबर जोखिमपछि बैंकिङ सेवा ठप्प : राष्ट्र बैंकसहित अधिकांश बैंकले वेबसाइट बन्द नेकपाको दुईमहिने ‘राष्ट्रिय जागरण अभियान’ शनिबारदेखि, प्रचण्ड र माधवले सम्बोधन गर्ने रक्षा बलका मूल्यविपरीत निर्णय लिएको स्वीकार गर्दै न्युजिल्यान्डका सेना प्रमुखको राजीनामा

Turunta Khabar

Fresh Nepali news — major stories rewritten in simple Nepali, updated throughout the day.

Home / समाचार

बिर्तामोडको ग्यारेज क्यान्टिनमा आगलागी: ६५ वर्षीय कामदारको ज्यान गयो, करिब तीन लाखको क्षति

समाचार By

झापा । झापाको बिर्तामोड नगरपालिका–२, रामचोकस्थित एक ग्यारेजको क्यान्टिनमा बिहीबार बिहान लागेको आगोमा जलेर एक जनाको मृत्यु भएको छ । ध्रुव भट्टराईको जग्गामा सञ्चालित बडी ग्यारेजको क्यान्टिनमा बिहान करिब ४:१० बजे विद्युत् सर्ट भएर आगलागी भएको थियो ।

आगलागीमा परी क्यान्टिनमा काम गर्ने गौरीगञ्ज गाउँपालिका–२ निवासी ६५ वर्षीय रुद्रबहादुर तामाङको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोली, दमकल र स्थानीयवासीको प्रयासमा बिहान करिब ४:३० बजे आगो पूर्ण रूपमा नियन्त्रणमा आएको थियो ।

प्रारम्भिक विवरणअनुसार क्यान्टिनभित्रका भाँडाकुँडा, लत्ताकपडा, तीनवटा खसीबाख्रा र एक लाख रुपैयाँ नगदसहित करिब तीन लाख रुपैयाँ बराबरको क्षति भएको छ । आगोले सोही ग्यारेजसँगै जोडिएको राजेन्द्र अग्रवालको मार्बल तथा टाइल्स गोदाममा पनि सामान्य क्षति पुगेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

newsnepal

Join the discussion

Your email address will not be published. Required fields are marked *