Friday, October 16, 2026
Breaking
कर्णालीको योजना आयोगको उपाध्यक्षमा कृषि वैज्ञानिक डा. भीमबहादुर खत्री नियुक्त रुसको तेल केन्द्रमा युक्रेनको ड्रोन आक्रमण, किभ–वासिङ्टन सम्बन्ध चिसिँदै दसैं मनाउन घर हिँडेका यात्रुको लर्को, कलंकीमा भाडा मनपरीले मर्का खनिज रोयल्टी र सिमेन्ट शुल्कबाट सन्धिखर्कले भित्र्यायो एक करोड ४७ लाखभन्दा बढी चाडपर्वमा उपहार, नगद र जिन्सी नलिनू, नदिनू : रास्वपाको अपिल मतदाता नामावली विवाद : निर्वाचन आयुक्तको राजीनामा माग्दै भारतमा आन्दोलन, ३१ वर्षीय युवानेता पक्राउ कर्णालीको योजना आयोगको उपाध्यक्षमा कृषि वैज्ञानिक डा. भीमबहादुर खत्री नियुक्त रुसको तेल केन्द्रमा युक्रेनको ड्रोन आक्रमण, किभ–वासिङ्टन सम्बन्ध चिसिँदै दसैं मनाउन घर हिँडेका यात्रुको लर्को, कलंकीमा भाडा मनपरीले मर्का खनिज रोयल्टी र सिमेन्ट शुल्कबाट सन्धिखर्कले भित्र्यायो एक करोड ४७ लाखभन्दा बढी चाडपर्वमा उपहार, नगद र जिन्सी नलिनू, नदिनू : रास्वपाको अपिल मतदाता नामावली विवाद : निर्वाचन आयुक्तको राजीनामा माग्दै भारतमा आन्दोलन, ३१ वर्षीय युवानेता पक्राउ

News Nepal

Fresh Nepali news — major stories rewritten in simple Nepali, updated throughout the day.

Home / समाचार

सिन्धुलीको खुर्कोटमा बस दुर्घटना : ९ यात्रु घाइते

समाचार By

काभ्रेपलाञ्चोक । काठमाडौंबाट ओखलढुंगा जाँदै गरेको यात्रुबाहक बस सिन्धुलीको खुर्कोटमा दुर्घटनामा परेको छ ।शुक्रबार दिउँसो सिन्धुलीको गोलञ्जोर गाउँपालिका–७, ट्रायल सेन्टर अगाडि उक्त बस दुर्घटनामा परेको हो । दुर्घटनामा ९ जना यात्रु सामान्य घाइते भएका छन् ।प्रहरीका अनुसार खाना खाएर यात्रु चढाउने क्रममा बा.प्र.०३–००१ ख.२७७४ नम्बरको बस पछाडि लैजाँदा दुर्घटना भएको थियो । बसको पछाडिको चक्का अचानक नालामा परेपछि बस सडकबाट अन्दाजी १० मिटर तल खसेको थियो ।घाइते ९ जनालाई उद्धार गरी शुभजीवन अस्पताल खुर्कोट र सुनकोशी सामुदायिक अस्पताल खुर्कोट पठाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी विजय श्रेष्ठले जानकारी दिए ।चाडपर्वको समयमा यात्रुको चाप बढेकाले सडक सुरक्षामा विशेष सावधानी अपनाउन प्रहरीले अनुरोध गरेको छ ।

newsnepal

Join the discussion

Your email address will not be published. Required fields are marked *