Sunday, October 18, 2026
Breaking
दसैँमा मुस्ताङबाट १३ हजारभन्दा बढी भेडा–च्याङ्ग्रा निकासी, ३५ करोडको कारोबार आजको खबर समाचार: कोशीका आयोजनादेखि सिन्धुलीको सुमो दुर्घटनासम्म भोटेकोशी बाढीमा बेपत्ता भएकाको सूची बनाउँदै परवानीपुर गाउँपालिका रसुवाको भोटेकोशी बाढीबाट प्रभावित जुम्लाका ४९ परिवारले राहत पाए अमेरिकाले आक्रमण गरे अमेरिका र उसका साझेदारले चरम मूल्य चुकाउनुपर्ने इरानी रक्षामन्त्रीको चेतावनी सुनकोशीमा खसेको सुमो दुर्घटना: मृतक तीन र बेपत्ता तीनको पहिचान खुल्यो दसैँमा मुस्ताङबाट १३ हजारभन्दा बढी भेडा–च्याङ्ग्रा निकासी, ३५ करोडको कारोबार आजको खबर समाचार: कोशीका आयोजनादेखि सिन्धुलीको सुमो दुर्घटनासम्म भोटेकोशी बाढीमा बेपत्ता भएकाको सूची बनाउँदै परवानीपुर गाउँपालिका रसुवाको भोटेकोशी बाढीबाट प्रभावित जुम्लाका ४९ परिवारले राहत पाए अमेरिकाले आक्रमण गरे अमेरिका र उसका साझेदारले चरम मूल्य चुकाउनुपर्ने इरानी रक्षामन्त्रीको चेतावनी सुनकोशीमा खसेको सुमो दुर्घटना: मृतक तीन र बेपत्ता तीनको पहिचान खुल्यो

Turunta Khabar

Fresh Nepali news — major stories rewritten in simple Nepali, updated throughout the day.

Home / समाचार

कावासोतीमा अटो नहरमा खस्दा एक महिलाको मृत्यु, सात जना घाइते

समाचार By

नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोतीमा आइतबार दिउँसो भएको अटो दुर्घटनामा एक जनाको ज्यान गएको छ भने चालकसहित सात जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालयका अनुसार विष्णुनगरबाट कावासोतीतर्फ गइरहेको ग प्र ०४–००१ ह ०७०२ नम्बरको अटो कावासोती नगरपालिका–६ माझटोलस्थित भित्री सडकमा अनियन्त्रित भई बायाँतर्फको नहरमा खसेको थियो।

दुर्घटनामा गम्भीर घाइते भएकी कावासोती–१ हात्तीखोरकी ४१ वर्षीया ईशा सुनारको उपचारका क्रममा भरतपुरस्थित सेन्ट्रल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।

घाइतेमध्ये कावासोती–१ हात्तीखोरकै २३ वर्षीया निशा सुनार, ५० वर्षीया फूलमाया सुनार, १७ वर्षीया जमुना गाहामगर र २२ वर्षीय निर्मल गाहामगरको सेन्ट्रल अस्पतालमै उपचार भइरहेको छ। सामान्य घाइते भएका अन्य दुई जनाको भने कावासोतीस्थित नवलपुर अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक अनिल पण्डितले जानकारी दिए।

प्रहरीले अटो चालक कावासोती–१ हात्तीखोरका ४४ वर्षीय मानसिंह थापालाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान अघि बढाएको छ।

newsnepal

Join the discussion

Your email address will not be published. Required fields are marked *