Sunday, October 18, 2026
Breaking
दसैँमा मुस्ताङबाट १३ हजारभन्दा बढी भेडा–च्याङ्ग्रा निकासी, ३५ करोडको कारोबार आजको खबर समाचार: कोशीका आयोजनादेखि सिन्धुलीको सुमो दुर्घटनासम्म भोटेकोशी बाढीमा बेपत्ता भएकाको सूची बनाउँदै परवानीपुर गाउँपालिका रसुवाको भोटेकोशी बाढीबाट प्रभावित जुम्लाका ४९ परिवारले राहत पाए अमेरिकाले आक्रमण गरे अमेरिका र उसका साझेदारले चरम मूल्य चुकाउनुपर्ने इरानी रक्षामन्त्रीको चेतावनी सुनकोशीमा खसेको सुमो दुर्घटना: मृतक तीन र बेपत्ता तीनको पहिचान खुल्यो दसैँमा मुस्ताङबाट १३ हजारभन्दा बढी भेडा–च्याङ्ग्रा निकासी, ३५ करोडको कारोबार आजको खबर समाचार: कोशीका आयोजनादेखि सिन्धुलीको सुमो दुर्घटनासम्म भोटेकोशी बाढीमा बेपत्ता भएकाको सूची बनाउँदै परवानीपुर गाउँपालिका रसुवाको भोटेकोशी बाढीबाट प्रभावित जुम्लाका ४९ परिवारले राहत पाए अमेरिकाले आक्रमण गरे अमेरिका र उसका साझेदारले चरम मूल्य चुकाउनुपर्ने इरानी रक्षामन्त्रीको चेतावनी सुनकोशीमा खसेको सुमो दुर्घटना: मृतक तीन र बेपत्ता तीनको पहिचान खुल्यो

Turunta Khabar

Fresh Nepali news — major stories rewritten in simple Nepali, updated throughout the day.

Home / समाचार

दसैँको बिदामा पनि चितवन मेडिकल कलेजमा विशेषज्ञसहितको सेवा

समाचार By

चितवन । नारायणगढस्थित चितवन मेडिकल कलेज शिक्षण अस्पतालले बडादसैँको बिदाका दिनहरूमा पनि विशेषज्ञ चिकित्सकसहितको उपचार सेवा सञ्चालन गर्ने भएको छ । अस्पतालका निर्देशक प्रा डा गोपेन्द्र देवका अनुसार कात्तिक २ देखि ५ गतेसम्म अष्टमीदेखि एकादशीका चार दिन आकस्मिक कक्षमार्फत सबै किसिमका सेवा उपलब्ध हुनेछन् ।

यस अवधिमा रेडियोलोजी, प्रयोगशाला र अन्तरङ्ग सेवा समेत नियमित रूपमा सञ्चालन हुने डा देवले जानकारी दिए । उनका अनुसार चाडपर्वका बेला दुर्घटनाका घाइते, हृदयाघात, खाना अपच र झाडापखालाजस्ता समस्या बढ्ने भएकाले विशेषज्ञ टोलीसहित आकस्मिक कक्षबाटै उपचारको प्रबन्ध मिलाइएको हो ।

अस्पतालका प्रमुख कार्यकारी अधिकृत प्रताप देवकोटाले बिदाका समयमा अस्पताल बन्द हुन्छ भन्ने आशङ्काले बिरामी अन्योलमा पर्नसक्ने भएकाले सेवा सञ्चालनबारे सार्वजनिक जानकारी दिनु आवश्यक रहेको बताए । उनले आकस्मिक कक्षमा थप डेस्क राखेर ओपिडी सेवा लिन आउने बिरामीलाई समेत उपचार दिने तयारी गरिएको जानकारी दिए ।

newsnepal

Join the discussion

Your email address will not be published. Required fields are marked *