Monday, November 2, 2026
Breaking
कोप–३१ अघि नेपालले जलवायु नेतृत्व लिनुपर्ने विज्ञहरूको सुझाव कोशी लोक सेवाको भत्ता प्रकरणमा संसदीय छानबिन हुने, समितिको निर्णय समर्थकको मायाले उत्साहित रदरफोर्ड : सुदूरपश्चिमलाई यसपटक उपाधि दिलाउने लक्ष्य इरानको सार्वभौमिकता रक्षामा चीनको साथ, विदेशमन्त्री वाङको प्रतिबद्धता पोखरामा नयाँ विद्युतीय कार सार्वजनिक, पहिलो दिनमै ८१ बुकिङ एनपीएलमा सोमबार दुवै खेलमा लक्ष्य पछ्याउने टोलीको जित, वार्नर र राजाको डेब्यू फिक्का कोप–३१ अघि नेपालले जलवायु नेतृत्व लिनुपर्ने विज्ञहरूको सुझाव कोशी लोक सेवाको भत्ता प्रकरणमा संसदीय छानबिन हुने, समितिको निर्णय समर्थकको मायाले उत्साहित रदरफोर्ड : सुदूरपश्चिमलाई यसपटक उपाधि दिलाउने लक्ष्य इरानको सार्वभौमिकता रक्षामा चीनको साथ, विदेशमन्त्री वाङको प्रतिबद्धता पोखरामा नयाँ विद्युतीय कार सार्वजनिक, पहिलो दिनमै ८१ बुकिङ एनपीएलमा सोमबार दुवै खेलमा लक्ष्य पछ्याउने टोलीको जित, वार्नर र राजाको डेब्यू फिक्का

Turunta Khabar

Fresh Nepali news — major stories rewritten in simple Nepali, updated throughout the day.

Home / राजनीति

नेपाल–स्विट्जरल्यान्ड संसदीय सहकार्य विस्तारमा जोड, स्वीस अध्यक्षको दाहालसँग भेटवार्ता

राजनीति By

नेपाल भ्रमणमा रहेका स्वीट्जरल्याण्डको राष्ट्रिय परिषद्का अध्यक्ष पियरे आन्द्रे पेजले राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालसँग शिष्टाचार भेट गरेका छन्। सिंहदरबारस्थित अध्यक्षको कार्यकक्षमा भएको भेटमा दुई देशबीचको आपसीहित, संसदीय सम्बन्धको विस्तार, जलवायु परिवर्तनको असर घटाउने उपाय र विकास सहकार्यलाई अझ प्रभावकारी बनाउने विषयमा छलफल भएको छ।

भेटका क्रममा अध्यक्ष दाहालले नेपाल–स्वीस संसदीयमैत्री समूह गठन भइसकेको जानकारी गराए। सो समूहमार्फत दुवै देशबीच संसदीय अभ्यास र अनुभव आदानप्रदानसँगै सहकार्य विस्तार हुने विश्वास उनले व्यक्त गरे। नेपाल र स्वीट्जरल्याण्डबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वार्षिकोत्सव मनाइरहेको उल्लेख गर्दै उनले स्वीस संसदीय नेतृत्वको यस भ्रमणले दुई देशबीचको मित्रता र संसदीय सहकार्यलाई थप बलियो बनाउने बताए।

नेपालको संसदीय अभ्यासलाई अझ सुदृढ बनाउन स्वीट्जरल्याण्डको सूचना प्रविधि, नवीन विधायिकी अभ्यास र प्राविधिक सहयोगबाट सिक्न आफूहरू इच्छुक रहेको दाहालले बताए। प्रत्यक्ष लोकतन्त्र र सङ्घीयताको अभ्यासमा स्वीट्जरल्याण्डको अनुभव नेपालका लागि उपयोगी हुने उनको भनाइ थियो।

रसुवा–भोटेकोशी बाढीबाट प्रभावित समुदायका लागि स्वीट्जरल्याण्डले उपलब्ध गराएको मानवीय सहायताप्रति धन्यवाद दिँदै अध्यक्ष दाहालले जलवायु न्याय, जलवायु वित्तमा सहज पहुँच र संवेदनशील राष्ट्रहरूको हित संरक्षणका लागि स्वीट्जरल्याण्डसँग सहकार्यको अपेक्षा गरे। नेपालले विश्वव्यापी हरितगृह ग्यास उत्सर्जनमा न्यून योगदान गरे पनि त्यसको असरबाट बढी प्रभावित हुनुपरेको उनले बताए।

सो अवसरमा अध्यक्ष पेजले नेपाल भ्रमण गर्न पाउँदा खुसी लागेको बताउँदै आफूहरूले संसदीय सहकार्यलाई प्राथमिकतामा राखेको बताए। नेपालको संसदले संसदीयमैत्री समूह गठन गरिसकेको थाहा पाउँदा खुसी लागेको बताउँदै उनले आफूहरूले पनि छिट्टै यस्तो समूह गठन गर्ने बताए। नेपाल र स्वीट्जरल्याण्ड दुवै हिमाली देश भएको र धेरै विषय समान रहेको उल्लेख गर्दै अध्यक्ष पेजले आपसी सहयोग र सहकार्य आदानप्रदान गर्न सदैव तयार रहेको बताए।

newsnepal

Join the discussion

Your email address will not be published. Required fields are marked *