Friday, October 23, 2026
Breaking
प्रणाली अद्यावधिकपछि माछापुच्छ्रे बैंकका सबै अनलाइन सेवा पुनः सुचारु स्मिता जयकरको नयाँ बयान : सुशान्त सिंह लागूऔषधको असरमा थिएनन् भ्यान गगको प्रसिद्ध चित्र ‘द स्टारी नाइट’ मा १८८९ जुलाईको वास्तविक आकाश एनपीएल उद्घाटन खेलका सबै टिकट समाप्त, पहिलो दिनकै पूर्ण घर डेढ शताब्दीअघिको काठमाडौं दसैं: ब्रिटिस लाइब्रेरीमा सुरक्षित चित्रकलामा देखिएको कोतको बलिपूजा डिजिटल रुपैयाँको पाइलटिङ लक्ष्यबाट टाढा राष्ट्र बैंक, तयारी अझै अधुरो प्रणाली अद्यावधिकपछि माछापुच्छ्रे बैंकका सबै अनलाइन सेवा पुनः सुचारु स्मिता जयकरको नयाँ बयान : सुशान्त सिंह लागूऔषधको असरमा थिएनन् भ्यान गगको प्रसिद्ध चित्र ‘द स्टारी नाइट’ मा १८८९ जुलाईको वास्तविक आकाश एनपीएल उद्घाटन खेलका सबै टिकट समाप्त, पहिलो दिनकै पूर्ण घर डेढ शताब्दीअघिको काठमाडौं दसैं: ब्रिटिस लाइब्रेरीमा सुरक्षित चित्रकलामा देखिएको कोतको बलिपूजा डिजिटल रुपैयाँको पाइलटिङ लक्ष्यबाट टाढा राष्ट्र बैंक, तयारी अझै अधुरो

Turunta Khabar

Fresh Nepali news — major stories rewritten in simple Nepali, updated throughout the day.

Home / खेलकुद

पश्चिम एसियाली युवा चेस च्याम्पियनसिप खेल्न नेपाली टोली अहमदाबाद प्रस्थान

खेलकुद By

काठमाडौँ — भारतको गुजरातमा यही अक्टोबर २२ देखि ३१ तारिखसम्म हुने पश्चिम एसियाली युवा चेस च्याम्पियनसिप २०२६ मा भाग लिन १८ सदस्यीय नेपाली टोली आज बिहान स्वदेशबाट प्रस्थान गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल बुद्धिचाल महासङ्घका प्रवक्ता राजु ताम्राकारले खेलाडी तथा टोलीका सदस्यलाई बिदाइ गरेका हुन् ।

महासङ्घकी केन्द्रीय सदस्य नीता सैंजुको नेतृत्वमा रहेको टोलीमा विभिन्न उमेर समूहका ११ खेलाडी, पाँच अभिभावक र एक निर्णायक समावेश छन् । छात्रतर्फ युवा–८ मा सुनव ओझा, युवा–१० मा शुभाङ्ग प्रधान, युवा–१२ मा अग्रिम सैंजु तथा युवा–१४ मा आयुष भण्डारी र प्रबिर केसीले प्रतिस्पर्धा गर्नेछन् । छात्रातर्फ युवा–१० मा अग्रता आचार्य, युवा–१२ मा निहाना श्रेष्ठ, युवा–१४ मा उज्जिवनी कँडेल र युवा–१६ मा नेलिसा ओझा खेल्नेछिन् ।

टोलीमा अभिभावकका रूपमा भावना अमात्य, सरस्वती पौडेल, सिन्दिरा जोशी, बन्दना खड्का र नबिना कुटुवाल तथा निर्णायकका रूपमा प्रबिश प्रजापति रहेका छन् । प्रवक्ता ताम्राकारका अनुसार यो प्रतियोगिता नेपाली युवा खेलाडीले अन्तर्राष्ट्रिय मञ्चमा प्रतिभा देखाउने र क्षेत्रीय प्रतिस्पर्धाबाट अनुभव बटुल्ने महत्वपूर्ण अवसर हो ।

newsnepal

Join the discussion

Your email address will not be published. Required fields are marked *