Tuesday, November 3, 2026
Breaking
मधेसमा कर्मचारी सरुवामा विभेद भएको आरोपमा मुखमा कालो कपडा बाँधेर धर्ना जेष्ठ नागरिकको सुविधा पाएपछि टोपबहादुर रायमाझी कात्तिक २६ मा कारागारबाट छुट्ने लुम्बिनी विकास कोषको नेतृत्वमा इन्जिनियर सन्तोष पाण्डेय निजी रकेटबाट एकैचोटि १८ स्याटेलाइट अन्तरिक्षमा पुर्‍याउँदै चीन भारत–पाकिस्तान खेल हेर्ने चाहना फाइनलभन्दा बढी, ८४ लाख टिकट आवेदन आकाशबाट बीउ छरेर म्यान्ग्रोभ फर्काउँदै यूएई मधेसमा कर्मचारी सरुवामा विभेद भएको आरोपमा मुखमा कालो कपडा बाँधेर धर्ना जेष्ठ नागरिकको सुविधा पाएपछि टोपबहादुर रायमाझी कात्तिक २६ मा कारागारबाट छुट्ने लुम्बिनी विकास कोषको नेतृत्वमा इन्जिनियर सन्तोष पाण्डेय निजी रकेटबाट एकैचोटि १८ स्याटेलाइट अन्तरिक्षमा पुर्‍याउँदै चीन भारत–पाकिस्तान खेल हेर्ने चाहना फाइनलभन्दा बढी, ८४ लाख टिकट आवेदन आकाशबाट बीउ छरेर म्यान्ग्रोभ फर्काउँदै यूएई

Turunta Khabar

Fresh Nepali news — major stories rewritten in simple Nepali, updated throughout the day.

Home / राजनीति

भारतीय राजदूत सुधाकर दलेला काठमाडौं आइपुगे, भोलिदेखि विदेश सचिव मिश्रीको नेपाल भ्रमण

राजनीति By

काठमाडौं । नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेला जिम्मेवारी सम्हाल्न मंगलबार काठमाडौं आइपुगेका छन् । भारतीय विदेश मन्त्रालयले गत असोजको अन्तिम साता उनलाई नेपालका लागि राजदूत नियुक्त गरेको थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र मन्त्रालय र भारतीय राजदूतावासका अधिकारीहरूले उनलाई स्वागत गरे ।

दलेलाको आगमन भारतीय विदेश सचिव विक्रम मिश्रीको नेपाल भ्रमणको पूर्वसन्ध्यामा भएको हो । मिश्री भोलिबाट नेपाल भ्रमणमा आउँदैछन् । उनको भ्रमणअघि नै राजदूतले जिम्मेवारी सम्हाल्न नेपाल आइपुगेका हुन् ।

दलेला यसअघि भारतको विदेश मन्त्रालयमा आर्थिक सम्बन्ध सचिवका रूपमा कार्यरत थिए । उनी सन् २०२५ देखि उक्त जिम्मेवारीमा रहेका थिए । त्यसअघि उनले भुटानका लागि भारतीय राजदूतका रूपमा तीन वर्ष सेवा गरेका थिए । भारतले नेपालमा विदेश मन्त्रालयको सचिवस्तरका करिअर कूटनीतिज्ञलाई राजदूत नियुक्त गरेको यो सम्भवतः पहिलोपटक हो ।

दलेला सन् १९९३ मा भारतीय परराष्ट्र सेवामा प्रवेश गरेका थिए । उनले आफ्नो कूटनीतिक जीवन इजरायलको तेल अभिभबाट सुरु गरेका थिए । उनले ब्रासिलिया, शिकागो, ढाका, जेनेभा, थिम्पु र वासिङ्टन डी.सी.स्थित भारतीय कूटनीतिक नियोगहरूमा सेवा गरेका छन् । सन् २००९ देखि २०११ सम्म उनी प्रधानमन्त्री कार्यालयमा निर्देशकका रूपमा काम गरेका थिए ।

उनको मुख्य जिम्मेवारी भारतका दक्षिण एसियाली छिमेकी राष्ट्रहरू, पूर्वी एसिया तथा इन्डो–प्यासिफिक क्षेत्र, खाडी, मध्यपूर्व र अफ्रिकी देशहरूसँगको भारतको सम्बन्धमा केन्द्रित थियो । उनीसँग व्यापार तथा आर्थिक नीतिको क्षेत्रमा पनि अनुभव छ । उनले नयाँ दिल्लीस्थित वाणिज्य विभागमा व्यापार नीति निर्देशकका रूपमा काम गरेका छन् र विश्व व्यापार संगठनमा भारतको स्थायी नियोगमा दुई पटक सेवा गरेका छन् ।

newsnepal

Join the discussion

Your email address will not be published. Required fields are marked *