Monday, November 2, 2026
Breaking
अध्यादेशबाट शासन गरेको आरोप लगाउँदै विपक्षीको संसद् अधिवेशन माग वार्नर आउट : सोमपालको बलमा गोर्खाजको पहिलो विकेट पतन हानि तथा नोक्सानी कोषको २० मिलियन डलरबाट नमुना परियोजना बनाउने तयारी राजस्थानमा सडक निर्माणमा करेन्ट लागेर आठ मजदुरको ज्यान गयो प्रश्न उठेका न्यायाधीशमाथि छानबिन गर्न ट्रान्सपरेन्सी इन्टरनेशनलको माग भोटेकोशी बाढीमा चीनबाट समयमै सूचना नआएको परराष्ट्र सचिवको भनाइ अध्यादेशबाट शासन गरेको आरोप लगाउँदै विपक्षीको संसद् अधिवेशन माग वार्नर आउट : सोमपालको बलमा गोर्खाजको पहिलो विकेट पतन हानि तथा नोक्सानी कोषको २० मिलियन डलरबाट नमुना परियोजना बनाउने तयारी राजस्थानमा सडक निर्माणमा करेन्ट लागेर आठ मजदुरको ज्यान गयो प्रश्न उठेका न्यायाधीशमाथि छानबिन गर्न ट्रान्सपरेन्सी इन्टरनेशनलको माग भोटेकोशी बाढीमा चीनबाट समयमै सूचना नआएको परराष्ट्र सचिवको भनाइ

Turunta Khabar

Fresh Nepali news — major stories rewritten in simple Nepali, updated throughout the day.

Home / राजनीति

मधेसको नेतृत्व नयाँ पुस्ताले लिनुपर्ने माग, युवाहरू अभियानमा

राजनीति By

पुराना मधेसी दल तथा नेतृत्वप्रति जनताको विश्वास कमजोर हुँदै गएको भन्दै मधेसको नेतृत्व अब नयाँ पुस्ताले लिनुपर्ने माग उठ्न थालेको छ। यसका लागि मधेसका युवाहरूले अभियान नै चलाएका छन्। जेनजी आन्दोलनपछि हरेक दलमा पुस्तान्तरणको आवाज उठिरहेको छ र त्यसक्रममा सबभन्दा बढी दबाब मधेशवादी दलमा देखिएको छ।

पुराना दलको विरुद्धमा पुस्तान्तरणको माग गर्दै मधेसमा विभिन्न अभियानहरू सुरुवात भएका छन्। त्यसैको नारा दिँदै तराई मधेसका केही युवाहरू हुङ्कार मधेस गठन गरी मधेसमा सक्रिय भएका छन्।

त्यस्तै शहीद सञ्जय चौधरी स्मृति प्रतिष्ठानले पनि मधेसमा युवाको नेतृत्वका लागि पुस्तान्तरण आवश्यक रहेको भनी अभियान चलाइरहेको छ। प्रतिष्ठानले सामाजिक अभियन्ता सञ्जय यादवको अगुवाइमा तराई काठमाडौँसहित मधेसका विभिन्न जिल्लामा युवाहरूसँग अन्तरक्रिया सुरु गरेको छ। ‘मधेस अबको बाटो’ नाम दिएर अभियान चलाइरहेको प्रतिष्ठानले हिजो कलैयामा एउटा कार्यक्रम सम्पन्न गरेको छ। मधेस आन्दोलनको इतिहास, उपलब्धि, चुनौती तथा आगामी दिनमा मधेसले लिनुपर्ने राजनीतिक र सामाजिक दिशाबारे छलफल चलाएर मधेस राजनीतिमा पनि पुस्तान्तरणको आवश्यकता रहेको निष्कर्ष कार्यक्रमले निकालेको छ।

कार्यक्रममा नागरिक अगुवा उमेशलाल दासले वर्तमान सरकारले मधेसका एजेण्डा सम्बोधन नगरे मधेसी युवाले अरूको मुख नताकी आफैँ नेतृत्व लिनुपर्ने धारणा राखेका थिए। हालै जनता समाजवादी पार्टीबाट विद्रोह गरेका मधेस प्रदेशका पूर्वसांसद विक्की यादवले मधेसको विकल्प मधेस नै भएको उल्लेख गर्दै मधेसी युवाले आ-आफ्नो ठाउँबाट नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने र मधेसी राजनीतिमा पुस्तान्तरणको आवश्यकतामा जोड दिएका थिए।

त्यस्तै अधिवक्ता आनन्द गुप्ताले जेनजी आन्दोलनपछि देशको राजनीतिमा परिवर्तन आएको र पुराना राजनीतिक दल तथा नेतृत्वको विश्वसनीयता कमजोर भएको धारणा राखेका थिए। उनले मधेसी युवाले मधेसको राजनीतिलाई पुनर्जीवित, पुनर्गठित र पुनर्परिभाषित गर्न संगठित प्रयास गर्नुपर्नेमा जोड दिएका थिए। स्थानीय महिला नेतृ हिरमति कुशवाहाले मधेसमा स्वच्छ छवि भएका नेतृत्वको आवश्यकता रहेको बताएकी थिइन्।

newsnepal

Join the discussion

Your email address will not be published. Required fields are marked *