Monday, November 2, 2026
Breaking
तातोपानीसँगै कोरला र लामाबगर नाकाबाट पनि व्यापार गर्ने तयारी न्यायालयको विकृति हटाउन संरचनागत सुधार चाहिन्छ, संसद् तत्काल बोलाउनुपर्छ : खुश्बु ओली रुस र युक्रेनबीचको अस्थायी युद्धविराम सकियो, चेतावनी प्रणालीमाथि साइबर हमला महाअभियोगमा कांग्रेसको अडान : सत्तापक्षको धारणा आएपछि मात्र साझा निर्णय भारतको पूर्वी तटमा फेरि चक्रवातको खतरा, ‘मुरासु’ आज राति तटमा ठोक्किने युक्रेनको बाटो युरोपमा रूसी ग्यास पुर्‍याउने अमेरिकी योजना, युरोप असहमत तातोपानीसँगै कोरला र लामाबगर नाकाबाट पनि व्यापार गर्ने तयारी न्यायालयको विकृति हटाउन संरचनागत सुधार चाहिन्छ, संसद् तत्काल बोलाउनुपर्छ : खुश्बु ओली रुस र युक्रेनबीचको अस्थायी युद्धविराम सकियो, चेतावनी प्रणालीमाथि साइबर हमला महाअभियोगमा कांग्रेसको अडान : सत्तापक्षको धारणा आएपछि मात्र साझा निर्णय भारतको पूर्वी तटमा फेरि चक्रवातको खतरा, ‘मुरासु’ आज राति तटमा ठोक्किने युक्रेनको बाटो युरोपमा रूसी ग्यास पुर्‍याउने अमेरिकी योजना, युरोप असहमत

Turunta Khabar

Fresh Nepali news — major stories rewritten in simple Nepali, updated throughout the day.

Home / राजनीति

महाभियोगबारे सत्तारुढ दल आफैँ अलमलमा छ : आङ्देम्बे

राजनीति By

काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले महाभियोगको विषयमा सत्तारुढ दल नै स्पष्ट नभएको बताएका छन् । सोमबार सिंहदरबारमा बसेको विपक्षी दलहरूको बैठकपछि उनले यस्तो धारणा राखेका हुन् ।

सत्तारुढ दलभित्रै कसलाई, कहाँ र कसरी महाभियोग लगाउने भन्ने विषयमा अझै टुङ्गो लागिसकेको जस्तो नलागेको आङ्देम्बेको भनाइ छ । महाभियोग प्रस्तावमा कांग्रेसले सहयोग गर्ने वा नगर्ने भन्नेबारे अहिल्यै निर्णय नभएको उनले बताए ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले महाभियोगबारे निर्णय गरिसकेको सुने पनि त्यसबारे औपचारिक जानकारी आफूहरूसम्म नआएको आङ्देम्बेले बताए । रास्वपाको निर्णयलाई उसको संसदीय दलले कसरी लिन्छ र विपक्षीसँग कसरी प्रस्तुत हुन्छ भन्ने आधारमा मात्रै कांग्रेसले आफ्नो निर्णय लिने उनको भनाइ छ ।

‘अहिले नै सहयोग गर्ने वा नगर्ने भन्ने टुङ्गो लाग्दैन । पहिले कुरा हामीसम्म आइपुग्नुपर्‍यो । केका आधारमा महाभियोग ल्याइएको हो भन्ने कारण स्पष्ट हुनुपर्‍यो,’ आङ्देम्बेले भने ।

विपक्षी दलका नेताहरू बसेर साझा धारणा बनाएपछि राम्रा कामका लागि कांग्रेसले पहिले पनि साथ दिएको र अहिले पनि दिने उनले बताए ।

newsnepal

Join the discussion

Your email address will not be published. Required fields are marked *