Tuesday, November 3, 2026
Breaking
दुई हजारको तालिममा ६८ हजार आवेदन, सबैलाई सहभागी गराइने बर्लिनमा जेलेन्स्की: हवाई प्रतिरक्षा र ऊर्जा सहयोगबारे जर्मनीसँग छलफल मध्यावधि निर्वाचनमा कंग्रेसको नियन्त्रण कसको हातमा ? निर्माण हुन नसक्ने ७२ समस्याग्रस्त आयोजना विभागबाट हटाइने तिहारमा आगलागीबाट जोगिन झापामा सशस्त्र प्रहरीको तयारी अभ्यास मधेसमा विश्वासको मतको घडी: मुख्यमन्त्रीसँग ११ दिन, सभामुख भन्छन् — जानकारी आएको छैन दुई हजारको तालिममा ६८ हजार आवेदन, सबैलाई सहभागी गराइने बर्लिनमा जेलेन्स्की: हवाई प्रतिरक्षा र ऊर्जा सहयोगबारे जर्मनीसँग छलफल मध्यावधि निर्वाचनमा कंग्रेसको नियन्त्रण कसको हातमा ? निर्माण हुन नसक्ने ७२ समस्याग्रस्त आयोजना विभागबाट हटाइने तिहारमा आगलागीबाट जोगिन झापामा सशस्त्र प्रहरीको तयारी अभ्यास मधेसमा विश्वासको मतको घडी: मुख्यमन्त्रीसँग ११ दिन, सभामुख भन्छन् — जानकारी आएको छैन

Turunta Khabar

Fresh Nepali news — major stories rewritten in simple Nepali, updated throughout the day.

Home / समाचार

रौतहटको सिमेन्ट बोर्ड उद्योगमा मेसिनले च्यापिएर ३० वर्षीय मजदुरको मृत्यु

समाचार By

रौतहटको फतुवा विजयपुर नगरपालिका–६ पेटभर्वामा रहेको एभरेस्ट फाइबर सिमेन्ट बोर्ड प्रालिमा काम गर्ने क्रममा मेसिनले च्यापिएर एक मजदुरको मृत्यु भएको छ।

मृत्यु हुनेमा महोत्तरीको मनरासिसवा नगरपालिका–३ सनौल निवासी ३० वर्षीय रमेश चौधरी छन्। सोमबार बिहान करिब ११ः३० बजे उद्योगमा रहेको थ्री स्टेसन मेसिनमा च्यापिएर उनी गम्भीर घाइते भएका थिए।

घाइते चौधरीलाई तत्काल उपचारका लागि दिउँसो करिब १ बजे बाराको परवानीपुरस्थित एलएस न्युरो अस्पताल पुर्‍याइएको थियो। अस्पतालमा चिकित्सकले जाँच गर्दा दिउँसो १ बजेर ६ मिनेटमा उनलाई मृत घोषणा गरेका थिए। मृतकको शव सोही अस्पतालमा राखिएको छ।

घटनाको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय लक्ष्मिनिया विजयपुरबाट प्रहरी निरीक्षक रादेशकुमार खत्रीको कमान्डमा पाँच जनाको टोली घटनास्थल पुगेको थियो। त्यस्तै इलाका प्रहरी कार्यालय सन्तपुरबाट समेत चार जनाको प्रहरी टोली खटिएको छ।

उद्योगमा सँगै काम गर्ने सन्तोष कुमार दास उपचार प्रक्रियामा संलग्न रहेको प्रारम्भिक विवरणमा उल्लेख छ। मजदुरको मृत्यु हुनुको वास्तविक कारण र घटनाको परिस्थितिबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

newsnepal

Join the discussion

Your email address will not be published. Required fields are marked *