Monday, November 2, 2026
Breaking
अकल्यान्डमा नेपाली विद्यार्थीलाई रोजगारीको बाटो देखाउने कार्यक्रम सम्पन्न सेयर बजारको वास्तविक तस्वीर देखाउने नयाँ सूचकाङ्क आउँदै, पुरानो नेप्से पनि रहिरहने अमेरिकी दबाबबीच युक्रेनले रुसी तेल प्रशोधन केन्द्रमाथि आक्रमण जारी राख्यो कांग्रेसको पहलमा विपक्षी दलहरूको बैठक आज दिउँसो धनकुटामा नि:शुल्क शल्यक्रिया शिविर : ९७२ बिरामीले पाए उपचार फुटबल जगलिङमा दुई गिनिज कीर्तिमानः नेपाली खेलाडी साजन डंगोलको असाधारण यात्रा अकल्यान्डमा नेपाली विद्यार्थीलाई रोजगारीको बाटो देखाउने कार्यक्रम सम्पन्न सेयर बजारको वास्तविक तस्वीर देखाउने नयाँ सूचकाङ्क आउँदै, पुरानो नेप्से पनि रहिरहने अमेरिकी दबाबबीच युक्रेनले रुसी तेल प्रशोधन केन्द्रमाथि आक्रमण जारी राख्यो कांग्रेसको पहलमा विपक्षी दलहरूको बैठक आज दिउँसो धनकुटामा नि:शुल्क शल्यक्रिया शिविर : ९७२ बिरामीले पाए उपचार फुटबल जगलिङमा दुई गिनिज कीर्तिमानः नेपाली खेलाडी साजन डंगोलको असाधारण यात्रा

Turunta Khabar

Fresh Nepali news — major stories rewritten in simple Nepali, updated throughout the day.

Home / खेलकुद

सिद्धार्थ रङ्गशालामा युवा क्रिकेटको उत्सव, एकेडेमी फ्रेन्डसीप सिरिज सुरु

खेलकुद By

भैरहवा — रुपन्देहीको भैरहवास्थित सिद्धार्थ क्रिकेट रङ्गशालामा आइतबारदेखि युवा खेलाडीहरूको क्रिकेट सिरिज सुरु भएको छ। रुपन्देही क्रिकेट सङ्घले आयोजना गरेको ‘एकेडेमी फ्रेन्डसीप सिरिज–२०८३’ आगामी कात्तिक २० गतेसम्म सञ्चालन हुनेछ।

सिरिजमा रुपन्देही क्रिकेट एकेडेमी र काठमाडौँस्थित हिमालयन स्पोट्र्स म्यानेजमेन्ट एकेडेमीका खेलाडीबीच मैत्रीपूर्ण प्रतिस्पर्धा हुनेछ। १५ वर्षमुनि, १४ वर्षमुनि र १२ वर्षमुनिका खेलाडी मैदानमा उत्रनेछन्।

सङ्घका कोषाध्यक्ष धिरज अधिकारी क्षेत्रीका अनुसार सिरिजको मुख्य उद्देश्य युवा खेलाडीको प्रतिभा पहिचान गर्नु, उनीहरूको खेलकौशल निखार्नु र प्रतिस्पर्धात्मक अनुभव बढाउनु हो।

सङ्घका सचिव उदयकुमार मल्लिकले दुवै एकेडेमीका खेलाडीले खेल अभ्याससँगै प्रतिस्पर्धा गर्ने र एकअर्काबाट सिक्ने अवसर पाउने बताए। यस्ता सिरिजले युवा खेलाडीबीच आपसी सम्बन्ध र खेल भावना बलियो बनाउने उनको भनाइ छ।

प्रतियोगिताको उद्घाटन गर्दै पर्यटन व्यवसायी अमितकुमार गुप्ताले सानै उमेरदेखि बालबालिकामा क्रिकेटप्रतिको रुचि बढ्नु सकारात्मक रहेको बताए। अभिभावकले आफ्ना छोराछोरीलाई खेल प्रशिक्षणमा सहभागी गराउनु नेपाली क्रिकेटको भविष्यका लागि महत्त्वपूर्ण रहेको उनको भनाइ थियो।

नेपाल क्रिकेट सङ्घका पूर्वकार्यवाहक सचिव प्रशान्तविक्रम मल्लले खेलाडीलाई प्रशिक्षकका सुझाव आत्मसात् गर्दै अनुशासन र निरन्तर अभ्यासमा ध्यान दिन आग्रह गरे। उनले पढाइलाई निरन्तरता दिँदै खेलकुदमा पनि उत्कृष्ट प्रदर्शन गर्न सुझाव दिए।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वसदस्य अमृत भट्टराईले युवा खेलाडीको क्षमता विकासका लागि नियमित प्रतियोगितामा सहभागिता आवश्यक रहेको बताए। धेरै खेल खेल्ने अवसरले खेलाडीलाई नयाँ सीप सिक्न र आफ्ना कमजोरी सुधार गर्न मद्दत पुग्ने उनको भनाइ थियो।

newsnepal

Join the discussion

Your email address will not be published. Required fields are marked *