Tuesday, November 3, 2026
Breaking
दक्षिण कोरियाका राष्ट्रपतिसहित १६० जनाको पासपोर्ट विवरण इन्टरनेटमा सार्वजनिक सिंहदरबार वैद्यखानाको आधुनिकीकरणमा दुई मन्त्रालयबीच सहमति काठमाडौँमा प्रवासी नेपालीको भेला: ३८ देशका प्रतिनिधि सहभागी हुने न्याय ढिलो हुँदा नागरिक अदालत जान डराउँछन् : सांसद केरुङ न्यायाधीशबारेको विवादमा कांग्रेसको आग्रह : रास्वपा पहिला आफ्नो अडान स्पष्ट पारोस् एल निनोको असर : खाद्यान्न मूल्य १८ प्रतिशतसम्म बढ्ने चेतावनी दक्षिण कोरियाका राष्ट्रपतिसहित १६० जनाको पासपोर्ट विवरण इन्टरनेटमा सार्वजनिक सिंहदरबार वैद्यखानाको आधुनिकीकरणमा दुई मन्त्रालयबीच सहमति काठमाडौँमा प्रवासी नेपालीको भेला: ३८ देशका प्रतिनिधि सहभागी हुने न्याय ढिलो हुँदा नागरिक अदालत जान डराउँछन् : सांसद केरुङ न्यायाधीशबारेको विवादमा कांग्रेसको आग्रह : रास्वपा पहिला आफ्नो अडान स्पष्ट पारोस् एल निनोको असर : खाद्यान्न मूल्य १८ प्रतिशतसम्म बढ्ने चेतावनी

Turunta Khabar

Fresh Nepali news — major stories rewritten in simple Nepali, updated throughout the day.

Home / अर्थतन्त्र

सोमबार राताम्मे भयो सेयर बजार, नेप्से ३२ अंकले ओरालो

अर्थतन्त्र By

साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार राताम्मे भयो। दिनभर रातो अंकमा रहेको बजार परिसूचक नेप्से ३२ दशमलव ६५ अंकले ओरालो लागेर २६५७ अंकमा झरेको छ। अघिल्लो कारोबार दिन नेप्से जम्मा ५ अंकले मात्र घटेको थियो।

परिसूचकसँगै कारोबार रकम पनि खुम्चिएको छ। अघिल्लो दिन ८ अर्ब ८९ करोड रुपैयाँको कारोबार भएकोमा सोमबार त्यो घटेर ७ अर्ब १८ करोड रुपैयाँमा सीमित भयो।

आज जम्मा २१ कम्पनीको सेयर मूल्य बढ्यो भने २५२ कम्पनीको घट्यो। ६ कम्पनीको मूल्य भने स्थिर रह्यो। सबै समूहगत सूचक घटेका छन्। विकास बैंक समूह सबैभन्दा धेरै १ दशमलव ८८ प्रतिशतले ओरालो लाग्यो। बैंकिङ १ दशमलव ०७, फाइनान्स १ दशमलव ५३, होटल तथा पर्यटन ० दशमलव ६३, जलविद्युत् १ दशमलव ०८, लगानी १ दशमलव ४२, जीवन बीमा १ दशमलव ४७, उत्पादन तथा प्रशोधन ० दशमलव ९०, माइक्रोफाइनान्स १ दशमलव १६, निर्जीवन बीमा १ दशमलव ७२, अन्य १ दशमलव ६१ र व्यापार समूह ० दशमलव ८६ प्रतिशतले घटे।

हालै सूचीकृत बेनी हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै १५ प्रतिशतले उकालो लाग्यो। मकर जितुमाया सुरी हाइड्रोपावर ८ दशमलव ७७, मन्दाकिनी हाइड्रोपावर ५ दशमलव ४७, एनआईसी एसिया बैंक ३ दशमलव ०२ र बुटवल पावर २ दशमलव ४८ प्रतिशतले बढे। झापा इनर्जी ४ दशमलव ११, सांग्रिला डेभलपमेन्ट बैंक ४ दशमलव ०८, एनएलजी इन्स्योरेन्स ३ दशमलव ८३ र माउन्ट एभरेस्ट पावर ३ दशमलव ५६ प्रतिशतले घटे।

आज सबैभन्दा धेरै कारोबार भएका कम्पनीमा घलेम्दी हाइड्रोपावर, ग्लोबल आईएमई बैंक, कुमारी बैंक, लुम्बिनी विकास बैंक, मकर जितुमाया सुरी हाइड्रोपावर, ग्रिन भेन्चर्स, एनआईसी एसिया बैंक र प्राइम कमर्सियल बैंक रहे।

newsnepal

Join the discussion

Your email address will not be published. Required fields are marked *