Monday, October 19, 2026
Breaking
पर्यटकीय याम नसकिँदै पोखरा–जोमसोम उडान बन्द सिमरामा बहुला कुकुरको त्रास : एकैदिन ११ जना घाइते अमेरिकाको हिरासतमा फेरि मेक्सिकन नागरिकको मृत्यु, मेक्सिकोले माग्यो पारदर्शी छानबिन लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ : नियुक्ति विवादमा माल्दिभ्समाथि शानदार जित : नेपाली महिला ह्यान्डबल टोलीको कमब्याक छुमसुरको विशाल चट्टान विस्फोटक प्रयोग गरेर हटाइयो, किमाथाङ्का सडकमा एकतर्फी यातायात खुल्यो पर्यटकीय याम नसकिँदै पोखरा–जोमसोम उडान बन्द सिमरामा बहुला कुकुरको त्रास : एकैदिन ११ जना घाइते अमेरिकाको हिरासतमा फेरि मेक्सिकन नागरिकको मृत्यु, मेक्सिकोले माग्यो पारदर्शी छानबिन लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ : नियुक्ति विवादमा माल्दिभ्समाथि शानदार जित : नेपाली महिला ह्यान्डबल टोलीको कमब्याक छुमसुरको विशाल चट्टान विस्फोटक प्रयोग गरेर हटाइयो, किमाथाङ्का सडकमा एकतर्फी यातायात खुल्यो

Turunta Khabar

Fresh Nepali news — major stories rewritten in simple Nepali, updated throughout the day.

Home / समाचार

हेटौँडा–भैँसे सडकमा पिकअप–मोटरसाइकल ठक्कर, चालकको मृत्यु

समाचार By

मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकापसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा हेटौँडा उपमहानगरपालिका–१०, बुद्धचोक निवासी ४२ वर्षीय विनोद लामा रहेको मकवानपुर प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता तथा प्रहरी नायव उपरिक्षक माधवप्रसाद काफ्लेका अनुसार हेटौँडा उपमहानगरपालिका–१ को सामरीस्थित हेटौँडा–भैँसे सडकखण्डमा आज अपराह्न करिब ४ः५० बजे दुर्घटना भएको हो। हेटौँडाबाट भैँसेतर्फ जाँदै गरेको खुर्सानी बोकेको पिकअप गाडी र विपरीत दिशाबाट आउँदै गरेको मोटरसाइकल एकापसमा ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका चालक लामालाई उपचारका लागि हेटौँडा अस्पताल लगिएको थियो। चिकित्सकले साँझ ५ः१० बजे उनलाई मृत घोषणा गरेका हुन्।

प्रहरीले दुर्घटनामा परेका बा.प्र.०१–०३२ च ०१४१ नम्बरको पिकअप गाडी र बा.४७ प ८४६१ नम्बरको मोटरसाइकलसँगै पिकअप चालकलाई नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

newsnepal

Join the discussion

Your email address will not be published. Required fields are marked *