Wednesday, November 4, 2026
Breaking
छ महिनामा १५० रुग्ण ठेक्का रद्द, बाँकी १५० माथि पनि विभागको कडा नजर लाक्की मारवतमा प्रहरी कारबाही, आत्मघाती आक्रमणकारीसहित दुई जना मारिए भोटेकोशी बाढीको पुनर्निर्माणमा सघाउन भारत तयार, विदेश सचिव मिश्रीले दिए आश्वासन शेयर बजारको नेतृत्व सम्हाल्न प्रताप सुवेदी नेप्से प्रमुखमा नियुक्त दल फेरिए पनि अमेरिकाको इरान नीति बदलिँदैन : खामेनी बीमा प्राधिकरणको नयाँ अध्यक्ष बने राजन बिक्रम थापा छ महिनामा १५० रुग्ण ठेक्का रद्द, बाँकी १५० माथि पनि विभागको कडा नजर लाक्की मारवतमा प्रहरी कारबाही, आत्मघाती आक्रमणकारीसहित दुई जना मारिए भोटेकोशी बाढीको पुनर्निर्माणमा सघाउन भारत तयार, विदेश सचिव मिश्रीले दिए आश्वासन शेयर बजारको नेतृत्व सम्हाल्न प्रताप सुवेदी नेप्से प्रमुखमा नियुक्त दल फेरिए पनि अमेरिकाको इरान नीति बदलिँदैन : खामेनी बीमा प्राधिकरणको नयाँ अध्यक्ष बने राजन बिक्रम थापा

Turunta Khabar

Fresh Nepali news — major stories rewritten in simple Nepali, updated throughout the day.

Home / समाचार

छ महिनामा त्रिविको ७०५ रोपनी जग्गा फिर्ता, अब शैक्षिक पूर्वाधारमा प्रयोग हुने

समाचार By

काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालयको करिब ७०५ रोपनी जग्गा फिर्ता ल्याइएको बताएका छन् । मन्त्री पोखरेलले बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत यो जानकारी सार्वजनिक गरेका हुन् ।

मन्त्री पोखरेलका अनुसार मन्त्रालयको नेतृत्व सम्हालेको दिनदेखि नै विश्वविद्यालयको गुमेको गरिमा फर्काउने र त्यसका सम्पत्तिको पूर्ण संरक्षण गर्ने संकल्प गरिएको थियो । वर्षौंदेखि ओझेलमा परेको र अव्यवस्थित बनेको त्रिविको जग्गा फिर्ता ल्याउने काम आफ्नो उच्च प्राथमिकतामा रहेको उनले बताए ।

मन्त्रालयको नेतृत्व सम्हालेलगत्तै अतिक्रमित तथा अनधिकृत रूपमा प्रयोग भइरहेका जग्गाहरू खाली गराउन निर्देशन दिइएको उनले उल्लेख गरे । सोही निर्देशनअनुसार त्रिवि प्रशासनले पत्राचार गरेको थियो ।

त्रिवि प्रशासनसँगको निरन्तर समन्वय, दृढ इच्छाशक्ति र प्रशासनिक कदमका कारण ६ महिनाको अवधिमै काठमाडौं उपत्यकाभित्र मात्रै त्रिविको करिब ७०५ रोपनी जग्गा फिर्ता गर्न सफल भएको मन्त्री पोखरेलले बताए ।

विश्वविद्यालयको शैक्षिक वातावरण सुधार गर्न, गुणस्तरीय शिक्षा प्रदान गर्न र आगामी दिनमा अत्याधुनिक अनुसन्धान केन्द्र तथा शैक्षिक पूर्वाधार निर्माण गर्न यो जग्गा अब पूर्ण रूपमा त्रिविकै हितमा उपयोग हुने उनले बताए ।

newsnepal

Join the discussion

Your email address will not be published. Required fields are marked *