Thursday, November 5, 2026
Breaking
सयपत्री खेतीबाटै पहिचान बनाएका हेटौँडाका बालकृष्ण, अरू किसानलाई पनि बजारको साथ बाढीको चपेटामा परेको मध्यकालीगण्डकी आयोजना एक महिनादेखि ठप्प मूल्यवृद्धिको चापबीच इङ्गल्यान्डको केन्द्रीय बैङ्कले ब्याजदर बढायो पोखरियामा सडक सुरक्षा सचेतना र्‍याली: विद्यार्थीले सिकाए ट्राफिक नियम कागजातभन्दा बढी माछा बोकेको ट्रक वीरगन्जमा पक्राउ, चालकसहित भन्सारमा बुझाइयो ममता काफ्ले हत्या मुद्दा : श्रीमतीको शव टुक्र्याएको भट्टले अदालतमा स्वीकारे सयपत्री खेतीबाटै पहिचान बनाएका हेटौँडाका बालकृष्ण, अरू किसानलाई पनि बजारको साथ बाढीको चपेटामा परेको मध्यकालीगण्डकी आयोजना एक महिनादेखि ठप्प मूल्यवृद्धिको चापबीच इङ्गल्यान्डको केन्द्रीय बैङ्कले ब्याजदर बढायो पोखरियामा सडक सुरक्षा सचेतना र्‍याली: विद्यार्थीले सिकाए ट्राफिक नियम कागजातभन्दा बढी माछा बोकेको ट्रक वीरगन्जमा पक्राउ, चालकसहित भन्सारमा बुझाइयो ममता काफ्ले हत्या मुद्दा : श्रीमतीको शव टुक्र्याएको भट्टले अदालतमा स्वीकारे

Turunta Khabar

Fresh Nepali news — major stories rewritten in simple Nepali, updated throughout the day.

Home / समाचार

कमान्ड सम्हालेलगत्तै आईजीपी केसीको सन्देश : कसैमाथि प्रतिशोध छैन, पारदर्शी सरुवा–बढुवा

समाचार By

नेपाल प्रहरीको ३४औँ महानिरीक्षकमा नियुक्त डा. मनोज केसीले बुधबारदेखि कमान्ड सम्हालेका छन्। दर्ज्यानी चिह्न लगाएसँगै उनले ७९ हजार ५३१ जवानको कमान्ड लिएका हुन्।

पदभार ग्रहणसँगै आईजीपी केसीले प्रहरी प्रधान कार्यालयबाट देशभरका युनिट प्रमुखहरूलाई भर्चुअल माध्यमबाट ब्रिफिङ गरेका छन्। प्रधान कार्यालयको अडिटोरियम हलमा भएको ब्रिफिङमा उपत्यकामा कार्यरत प्रहरी उपरीक्षक र सोभन्दा माथिका अधिकृतहरू सहभागी थिए। करिब १५ मिनेट चलेको ब्रिफिङमा उनले आफ्ना प्राथमिकता सुनाए।

केसीले संगठनभित्र कसैलाई पनि प्रतिशोधपूर्ण व्यवहार नगरिने बताए। व्यक्तिले गरेको गलत कामको भारी संगठनले नबोक्ने भए पनि कसैसँग प्रतिशोध भने नसाँधिने उनको भनाइ थियो।

संगठनभित्र कसैलाई काखापाखा नगरिने उनले बताए। संगठनको भित्री कुरा र अनुसन्धान भइरहेको विषयको सूचना चुहाउनेहरूविरुद्ध भने निर्मम रूपमा प्रस्तुत हुने चेतावनी उनले दिए। गोपनीयता हनन गर्नेलाई कुनै कसर नराखी कानुनअनुसार कारबाही गरिने उनले बताए।

आधारभूत तहका प्रहरी कर्मचारीलाई केन्द्रमा राखेर काम गर्ने र उनीहरूका गुनासा सम्बोधन गर्न छुट्टै संयन्त्र विकास गर्ने उनले बताए। अतिरिक्त महानिरीक्षक र प्रहरी नायब महानिरीक्षकहरूसँगको सामूहिक भावनामा काम गर्ने उल्लेख गर्दै उनले प्रहरीलाई व्यावसायिक र प्रविधिमैत्री बनाउने प्रतिबद्धता जनाए।

सरुवा र बढुवा पारदर्शी बनाउने उद्घोष गर्दै उनले कार्यसम्पादनकै आधारमा पोस्टिङ गरिने बताए। खस्किएको प्रहरीको मनोबल उकास्ने गरी काम गर्ने पनि उनले बताए।

newsnepal

Join the discussion

Your email address will not be published. Required fields are marked *