Friday, November 6, 2026
Breaking
सोलमा राईको भनाइ : नेपालको भूगोल राष्ट्रहरूलाई जोड्ने माध्यम बन्नुपर्छ हिरासतमा रहेका सापकोटाको अडियो बाहिरिएपछि काठमाडौं प्रहरी प्रमुखमाथि प्रश्न यु–१९ एसिया कप : भारतसामु नेपालको ब्याटिङ धराशायी, १२८ रनमै इनिङ्स सकियो एनपीएल : सुदूरपश्चिमको १७७ रन, कर्णालीसामु चुनौतीपूर्ण लक्ष्य जापान टोब्याकोका सहायक कम्पनी कब्जा गरेपछि रुससँग जापानको सम्पत्ति फिर्ताको माग राष्ट्रसंघीय एआई विज्ञ निक एस्टन–हार्ट काठमाडौंमा, शनिबार एआई शिखर सम्मेलनमा मुख्य वक्ता सोलमा राईको भनाइ : नेपालको भूगोल राष्ट्रहरूलाई जोड्ने माध्यम बन्नुपर्छ हिरासतमा रहेका सापकोटाको अडियो बाहिरिएपछि काठमाडौं प्रहरी प्रमुखमाथि प्रश्न यु–१९ एसिया कप : भारतसामु नेपालको ब्याटिङ धराशायी, १२८ रनमै इनिङ्स सकियो एनपीएल : सुदूरपश्चिमको १७७ रन, कर्णालीसामु चुनौतीपूर्ण लक्ष्य जापान टोब्याकोका सहायक कम्पनी कब्जा गरेपछि रुससँग जापानको सम्पत्ति फिर्ताको माग राष्ट्रसंघीय एआई विज्ञ निक एस्टन–हार्ट काठमाडौंमा, शनिबार एआई शिखर सम्मेलनमा मुख्य वक्ता

Turunta Khabar

Fresh Nepali news — major stories rewritten in simple Nepali, updated throughout the day.

Home / समाचार

७० दिन बित्दा पनि बेपत्ताको सास–लास नभेटिएपछि बाँकेका परिवारमा गहिरो पीडा

समाचार By

रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा आफन्त गुमाएका बाँकेका परिवारमा अझै अन्योल कायमै छ। बाढीमा आफन्त बेपत्ता भएको ७० दिन बितिसक्दा पनि कुनै खबर नआएपछि उनीहरूले बेपत्ताको सास वा लास भेटिने आशा क्रमशः मार्दै गएका छन्। गत भदौ १० गते भोटेकोशीमा आएको बाढीले बगाएर बेपत्ता पारेका आफन्तको अवस्था अझै अज्ञात रहेको नेपालगञ्ज उपमहानगरपालिका–२० थपुवाका अनलाल रोकायले बताए। उनका दाजु, भाउजु र छोरा बाढीमा बेपत्ता भएका थिए। रसुवा भन्सार कार्यालयको टिमुरे क्षेत्रमा काम गर्दै आएका ५३ वर्षीय दाजु शेरसिंह रोकाय, ५६ वर्षीया भाउजु विष्णुमती रोकाय र उनीहरूलाई भेट्न तथा गोसाइँकुण्ड दर्शन गर्न पुगेका १९ वर्षीय छोरा दीपक रोकाय बाढीमा परी बेपत्ता भएका थिए। दाजु–भाउजु र एक्लो छोरा एकैपटक बेपत्ता भएपछि परिवार गहिरो शोकमा छ। शव पहिचानका लागि डिएनए परीक्षणको नमुना दिएपछि आफन्तको अवस्था थाहा हुने आशा जागेको भए पनि अहिलेसम्म रिपोर्ट नआएको उनले बताए। उनले नेपालगञ्जस्थित भेरी अस्पतालमा डिएनए परीक्षणका लागि नमुना दिएका थिए। डिएनए परीक्षणको नतिजा र बेपत्ता व्यक्तिको अवस्थाबारे सरकारले आधिकारिक जानकारी नदिँदा परिवारले सामाजिक तथा धार्मिक संस्कार गर्न नसकेको उनको भनाइ छ। सरकारले मृत्यु भएको वा खोजी गर्दा पनि फेला पार्न नसकिएकोबारे आधिकारिक घोषणा गरेमा संस्कार गर्न सहज हुने उनले बताए। सोही बाढीमा परी थपुवाका आराम दमाईं र उजना दमाईं पनि बेपत्ता भएका थिए। रोजीरोटीका लागि रसुवा पुगेका उनीहरूका १६ वर्षीय छोरा सुभास नेपाली, ११ वर्षीय छोरा अश्विन र नौ वर्षीया छोरी स्मारिका आमाबुवा फर्किने आशामा दिन बिताइरहेका छन्। बेपत्ता परिवारको अन्योल अन्त्य गर्न डिएनए परीक्षणको नतिजा शीघ्र सार्वजनिक गर्नुका साथै सरकारले आधिकारिक धारणा सार्वजनिक गर्नुपर्ने नेपालगञ्ज उपमहानगरपालिका–२० का कार्यवाहक वडाध्यक्ष चक्रबहादुर बुढाले बताए। भोटेकोशी बाढीमा परी बाँकेका २३ जना अझै बेपत्ता रहेको बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले जानकारी दिए। उनका अनुसार हालसम्म तीन जनाको शव पहिचान भई मृत्यु घोषणा गरिएको छ भने ३२ जनाको सकुशल उद्धार गरिएको छ।

newsnepal

Join the discussion

Your email address will not be published. Required fields are marked *