Tuesday, November 10, 2026
Breaking
छानबिनको घेरामा एनभिडियाका प्रमुख हुआङ, उत्तराधिकारी खोज्नु बोर्डको ठूलो चुनौती इरानसँगको युद्ध अन्त्यको नजिक पुगेको ट्रम्पको दाबी नेपाल संवत् ११४७ को अवसरमा कांग्रेस सभापति थापाको शुभकामना प्रतिलिपि नागरिकता लिनेको भीड: तीन महिनामा दुई लाख २६ हजारभन्दा बढी गणेशमान सिंहको ११२औँ जन्मजयन्ती: त्याग र साहसका प्रतीक नेताको सम्झना फ्रान्सको आन्दोलनमा बाह्य हस्तक्षेप: ईयू प्रतिवेदनले रुस, इजरायल र अमेरिकी समूहलाई औँल्यायो छानबिनको घेरामा एनभिडियाका प्रमुख हुआङ, उत्तराधिकारी खोज्नु बोर्डको ठूलो चुनौती इरानसँगको युद्ध अन्त्यको नजिक पुगेको ट्रम्पको दाबी नेपाल संवत् ११४७ को अवसरमा कांग्रेस सभापति थापाको शुभकामना प्रतिलिपि नागरिकता लिनेको भीड: तीन महिनामा दुई लाख २६ हजारभन्दा बढी गणेशमान सिंहको ११२औँ जन्मजयन्ती: त्याग र साहसका प्रतीक नेताको सम्झना फ्रान्सको आन्दोलनमा बाह्य हस्तक्षेप: ईयू प्रतिवेदनले रुस, इजरायल र अमेरिकी समूहलाई औँल्यायो

Turunta Khabar

Fresh Nepali news — major stories rewritten in simple Nepali, updated throughout the day.

Home / अर्थतन्त्र

तिहारमा फूल सस्तियो, किसान र व्यापारी भने मारमा

अर्थतन्त्र By

सुनसरी । यस वर्ष तिहार केही ढिला परेको र मौसम अनुकूल भएकाले स्थानीय फूलको उत्पादन बढेको छ । आपूर्ति पर्याप्त भएपछि बजारमा मूल्य घटेको छ । उपभोक्तालाई राहत भए पनि किसान र व्यापारी भने घाटामा परेका छन् ।

धरान कृषि उपज बजारमा विगत तीन वर्षदेखि फूलको व्यापार गर्दै आउनुभएका धरान–१५ का प्रदीपकुमार चौधरीले यस वर्ष मूल्य घट्दा घाटा बेहोर्नुपरेको बताउनुभयो । उहाँले किसानबाट प्रतिमुठा ८० रुपैयाँमा खरिद गरेको फूल अहिले बजारमा ५० रुपैयाँमा बिक्री गर्नुपरेको बताउनुभयो । गत वर्ष ठुलो एक बन्डल फूल ७०० रुपैयाँका दरले १० हजार बन्डलसम्म बिक्री भएको थियो भने यस वर्ष ५०० रुपैयाँमा मुस्किलले बिक्री भइरहेको उहाँले सुनाउनुभयो । उहाँले धनकुटाको थलथले क्षेत्रबाट किसानसँग फूल खरिद गरेर धरान–१३ स्थित कृषि उपज बजारमा ल्याई बिक्री गर्दै आउनुभएको छ ।

पहिलोपटक ऋण खोजेर फूलको व्यापार सुरु गर्नुभएका अर्का व्यापारी सिम यादवले पनि यस वर्ष मूल्य घटेका कारण पहिलोपटक नै व्यापारमा घाटा व्यहोर्नुपरेको बताउनुभयो । धनकुटाबाट राम्रो सयपत्री फूल खरिद गरेर बजारमा बिक्री गर्न ल्याएको उहाँले बताउनुभयो । प्रतिमुठा ७० देखि ८० रुपैयाँमा खरिद गरेको फूल अहिले ४० देखि ५० रुपैयाँमा बिक्री गर्नुपर्दा लगानीसमेत उठाउन कठिन भएको उहाँको भनाइ छ ।

धरान उपमहानगरपालिका–१३ स्थित कृषि उपज बजारका व्यवस्थापक लक्ष्मण भट्टराईले यस वर्ष फूलको उत्पादन बढेपछि बजारमा मूल्य घटेको बताउनुभयो । उहाँका अनुसार गत वर्ष प्रतिमुठा १०० रुपैयाँमा बिक्री भएको फूल यस वर्ष ४० देखि ५० रुपैयाँमा बिक्री भइरहेको छ । त्यसैगरी गत वर्ष फूलको प्रतिमाला २०० देखि २५० रुपैयाँसम्ममा बिक्री भएको फूलमाला यस वर्ष १०० रुपैयाँमा सहजै पाउन सकिने अवस्था रहेको उहाँले बताउनुभयो ।

धरानमा तिहारका अवसरमा हरेक वर्ष करिब पाँच लाख माला बराबरको फूलको कारोबार हुने गरेको व्यवस्थापक भट्टराईले बताउनुभयो । लक्ष्मीपूजा, कुकुरपूजा, घरको सजावट, ढोका तथा गेटमा लगाउन र पसल सजाउन फूलमालाको प्रयोग हुने गरेको छ । धरान कृषि उपज बजारमा धनकुटा, उत्तरी पहाडी क्षेत्र, तेह्रथुम, मोरङ र झापालगायत जिल्लाबाट किसानले सिधै फूल ल्याएर बिक्री गर्ने गरेका छन् । तिहारको अवसरमा धरान कृषि उपज बजारबाट हरेक वर्ष करिब पाँच करोड रुपैयाँभन्दा बढीको फूलको कारोबार हुने गरेको उहाँले बताउनुभयो ।

सुनसरी उद्योग वाणिज्य सङ्घका महासचिव प्रभाव खतिवडाले विदेशी फूलमा प्रतिबन्ध लगाइएका कारण स्वदेशी फूलको माग र आपूर्ति दुवै बढेको बताउनुभयो । स्थानीय उत्पादनले बजार पाउँदा स्वदेशी किसानलाई प्रोत्साहन मिल्नुका साथै तिहारको व्यापारिक गतिविधि बढेको उहाँको भनाइ छ ।

newsnepal

Join the discussion

Your email address will not be published. Required fields are marked *