Sunday, November 1, 2026
Breaking
कांग्रेस सभापति थापाको विशेष सम्बोधन आज, पार्टीको कार्यदिशा सार्वजनिक गर्ने बंगालको खाडीमा नयाँ चक्रवात बन्दै, आन्ध्र तटतर्फ अघि बढ्दै — नेपालमा भने असर नपर्ने एनपीएलमा क्रिकेटसँगै गीत–संगीतको धूम, आठै टिमका आफ्नै एन्थम देशभरि लागूऔषधविरुद्धको कारबाही : १३ जना पक्राउ, नगद र सवारीसाधनसमेत बरामद रुसी कब्जाको चार वर्षपछि ओलेश्कीबाट सयौँ नागरिक बाहिर, उद्धारपछि भावुक पुनर्मिलन पकेट खर्चको २,५०० रूपैयाँबाट सुरु भएको ब्रान्ड, अहिले अस्ट्रेलिया, जापान र अमेरिकासम्म कांग्रेस सभापति थापाको विशेष सम्बोधन आज, पार्टीको कार्यदिशा सार्वजनिक गर्ने बंगालको खाडीमा नयाँ चक्रवात बन्दै, आन्ध्र तटतर्फ अघि बढ्दै — नेपालमा भने असर नपर्ने एनपीएलमा क्रिकेटसँगै गीत–संगीतको धूम, आठै टिमका आफ्नै एन्थम देशभरि लागूऔषधविरुद्धको कारबाही : १३ जना पक्राउ, नगद र सवारीसाधनसमेत बरामद रुसी कब्जाको चार वर्षपछि ओलेश्कीबाट सयौँ नागरिक बाहिर, उद्धारपछि भावुक पुनर्मिलन पकेट खर्चको २,५०० रूपैयाँबाट सुरु भएको ब्रान्ड, अहिले अस्ट्रेलिया, जापान र अमेरिकासम्म

Turunta Khabar

Fresh Nepali news — major stories rewritten in simple Nepali, updated throughout the day.

Home / अर्थतन्त्र

आयात रोकिएपछि बाँकेमा फूलखेती फस्टाउँदै, किसानको आकर्षण बढ्यो

अर्थतन्त्र By

बाँके । छिमेकी मुलुकबाट आउने फूलको आयातमा कडाइ भएपछि बाँके जिल्लामा व्यावसायिक फूलखेती गर्ने किसानको सङ्ख्या उल्लेख्य रूपमा बढेको छ । नेपालगन्ज, कोहलपुर, खजुरा र जानकी गाउँपालिकाका किसानले यस वर्ष ठूलो मात्रामा फूल उत्पादन गरेका छन् ।

फ्लोरीकल्चर एसोसिएसन नेपालकी केन्द्रीय सदस्य तथा नेपालगन्जकी पुष्प व्यवसायी बिन्दु चर्तीमगरका अनुसार जिल्लामा फूलको माग हरेक वर्ष बढ्दै गएको छ । नेपालगन्ज उपमहानगरपालिका–२० निवासी बिन्दुले झन्डै दश वर्षअघि व्यावसायिक फूलखेती सुरु गरेकी थिइन् । तिहारका बेला फूलको माग धान्नै कठिन हुने उनको अनुभव छ ।

सुरुमा १० कट्ठा जग्गामा खेती थालेकी बिन्दुले अहिले दुई बिघामा फूलखेती विस्तार गरेकी छन् । उनले टेनिस बल, कलकत्ते र ग्ल्याडोलस जातका सयपत्री लगाएकी छन् । स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्न भारतबाट भित्रिने प्लास्टिकका फूल र माला रोक्नुपर्ने उनको माग छ ।

यसैबीच नेपालगन्जका तीन युवाले बाँकेको नरैनापुर गाउँपालिका–५ मटेहियामा दुई बिघामा यस वर्षदेखि सयपत्रीको व्यावसायिक खेती थालेका छन् । सुभाषजङ्ग शाह, कीर्तीराज दीक्षित र सुशीलकुमार मौर्यले सामूहिक रूपमा गरेको खेतीमा अहिले सयपत्री ढकमक्क फुलेको छ । तिहारलाई लक्षित गरी उत्पादन गरिएको फूलको बिक्री सुरु भइसकेको छ ।

नेपालगन्जमा फूलको मागलाई ध्यान दिएर खेती थालिएको शाहले बताए । उनीहरूले चाँडै सहरका मुख्य चोकमा स्टल राखेर फूल तथा माला बेच्ने तयारी गरिरहेका छन् भने ग्राहकलाई होम डेलिभरी सेवा पनि दिन थालेका छन् ।

कृषि ज्ञान केन्द्र बाँकेकी सूचना अधिकारी सुजिता शर्माका अनुसार स्थानीयस्तरमै उत्पादन बढेपछि तिहारमा बाहिरबाट आउने फूलको विकल्प तयार हुँदै गएको छ । पछिल्लो केही वर्षयता निर्वाहमुखी रूपमा फूल लगाउँदै आएका किसान व्यावसायिक खेतीतर्फ आकर्षित हुँदै गएको उनले बताइन् ।

newsnepal

Join the discussion

Your email address will not be published. Required fields are marked *