Tuesday, October 20, 2026
Breaking
कार्यालयबाहिर कारले ठक्कर दिँदा अस्ट्रेलियाकी सांसद गम्भीर घाइते, सन्दिग्ध पक्राउ प्रशिक्षकसँगको टकरावमा रोनाल्डो राष्ट्रिय टोलीबाट एक महिना निलम्बित देवघाटदेखि मौलाकालिकासम्म केबलकार: दुई वर्षभित्र सञ्चालन गर्ने तयारी पर्यटकीय याम नसकिँदै पोखरा–जोमसोम उडान बन्द सिमरामा बहुला कुकुरको त्रास : एकैदिन ११ जना घाइते अमेरिकाको हिरासतमा फेरि मेक्सिकन नागरिकको मृत्यु, मेक्सिकोले माग्यो पारदर्शी छानबिन कार्यालयबाहिर कारले ठक्कर दिँदा अस्ट्रेलियाकी सांसद गम्भीर घाइते, सन्दिग्ध पक्राउ प्रशिक्षकसँगको टकरावमा रोनाल्डो राष्ट्रिय टोलीबाट एक महिना निलम्बित देवघाटदेखि मौलाकालिकासम्म केबलकार: दुई वर्षभित्र सञ्चालन गर्ने तयारी पर्यटकीय याम नसकिँदै पोखरा–जोमसोम उडान बन्द सिमरामा बहुला कुकुरको त्रास : एकैदिन ११ जना घाइते अमेरिकाको हिरासतमा फेरि मेक्सिकन नागरिकको मृत्यु, मेक्सिकोले माग्यो पारदर्शी छानबिन

Turunta Khabar

Fresh Nepali news — major stories rewritten in simple Nepali, updated throughout the day.

Home / समाचार

दसैँको बिदामा पनि चितवन मेडिकल कलेजमा विशेषज्ञसहितको सेवा

समाचार By

चितवन । नारायणगढस्थित चितवन मेडिकल कलेज शिक्षण अस्पतालले बडादसैँको बिदाका दिनहरूमा पनि विशेषज्ञ चिकित्सकसहितको उपचार सेवा सञ्चालन गर्ने भएको छ । अस्पतालका निर्देशक प्रा डा गोपेन्द्र देवका अनुसार कात्तिक २ देखि ५ गतेसम्म अष्टमीदेखि एकादशीका चार दिन आकस्मिक कक्षमार्फत सबै किसिमका सेवा उपलब्ध हुनेछन् ।

यस अवधिमा रेडियोलोजी, प्रयोगशाला र अन्तरङ्ग सेवा समेत नियमित रूपमा सञ्चालन हुने डा देवले जानकारी दिए । उनका अनुसार चाडपर्वका बेला दुर्घटनाका घाइते, हृदयाघात, खाना अपच र झाडापखालाजस्ता समस्या बढ्ने भएकाले विशेषज्ञ टोलीसहित आकस्मिक कक्षबाटै उपचारको प्रबन्ध मिलाइएको हो ।

अस्पतालका प्रमुख कार्यकारी अधिकृत प्रताप देवकोटाले बिदाका समयमा अस्पताल बन्द हुन्छ भन्ने आशङ्काले बिरामी अन्योलमा पर्नसक्ने भएकाले सेवा सञ्चालनबारे सार्वजनिक जानकारी दिनु आवश्यक रहेको बताए । उनले आकस्मिक कक्षमा थप डेस्क राखेर ओपिडी सेवा लिन आउने बिरामीलाई समेत उपचार दिने तयारी गरिएको जानकारी दिए ।

newsnepal

Join the discussion

Your email address will not be published. Required fields are marked *