Saturday, October 24, 2026
Breaking
पुर्ख्यौली सीप जोगाउन सङ्घर्ष गर्दै सप्तरीका बाँस व्यवसायी कर्णाली याक्सका लागि पाकिस्तानी कप्तान फर्हान काठमाडौं आइपुगे असोजमा मकवानपुरका सडकमा ५२ दुर्घटना, ६ जनाले ज्यान गुमाए ट्रम्पले भने — इरानमाथि फेरि ‘एपिक फ्युरी’ हुन सक्छ, इरानले चेतायो : समुन्द्रमुनिका केबल काट्छौँ एनपीएल : अमेरिकी विकेटकिपर स्मित पटेल काठमान्डु गोर्खाजमा आबद्ध हुथीले रियादतिर हानेको मिसाइल साउदीले आकाशमै खसाल्यो पुर्ख्यौली सीप जोगाउन सङ्घर्ष गर्दै सप्तरीका बाँस व्यवसायी कर्णाली याक्सका लागि पाकिस्तानी कप्तान फर्हान काठमाडौं आइपुगे असोजमा मकवानपुरका सडकमा ५२ दुर्घटना, ६ जनाले ज्यान गुमाए ट्रम्पले भने — इरानमाथि फेरि ‘एपिक फ्युरी’ हुन सक्छ, इरानले चेतायो : समुन्द्रमुनिका केबल काट्छौँ एनपीएल : अमेरिकी विकेटकिपर स्मित पटेल काठमान्डु गोर्खाजमा आबद्ध हुथीले रियादतिर हानेको मिसाइल साउदीले आकाशमै खसाल्यो

Turunta Khabar

Fresh Nepali news — major stories rewritten in simple Nepali, updated throughout the day.

Home / समाचार

आईसीयूविनाको राप्ती प्रादेशिक अस्पताल: गम्भीर बिरामीलाई जिल्लाबाहिर रेफर

समाचार By

दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा सघन उपचार कक्ष (आईसीयू) नहुँदा गम्भीर प्रकृतिका बिरामीलाई जिल्ला बाहिर रेफर गर्नुपर्ने बाध्यता छ।लामो समयदेखि बिरामी रेफर गर्दा अस्पतालप्रतिको दृष्टिकोण नकारात्मक बनेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा मोहम्मद नुरुल होदाले बताएका छन्। ‘अस्पताललाई रेफर सेन्टर भनेर ब्याङ्ग्य गर्ने गरिन्छ,’ उनले भने, ‘आईसीयू नहुँदा यस्तै अवस्था छ।’सिटीस्क्यान सेवाको पनि अस्पतालमा अभाव छ। उक्त उपकरण बिग्रिएको दुई वर्षभन्दा बढी भइसक्यो, तर मर्मत हुन सकेको छैन। मर्मत खर्च निकै महँगो भएकाले उक्त मेसिन नचल्दा त्यो सेवा पनि प्रभावित रहेको मेडिकल सुपरिटेन्डेन्टले जानकारी दिए।त्यस्तै हेमोडायलासिस सेवामा पनि चरम सङ्कट देखिएको छ। अस्पतालसँग भएका १६ वटा डायलासिस मेसिनमध्ये हाल नौवटा मात्र सञ्चालनमा छन्, बाँकी बिग्रिएका छन्। यसका कारण विपन्न परिवारका ९० जनाभन्दा बढी बिरामी डायलासिसका लागि पालो कुरिरहेको उनले बताए।अस्पताल विकास समितिका अध्यक्ष महेन्द्र लामिछानेले डायलासिस सेवामा देखिएको समस्या समाधानका लागि थप पहल आवश्यक रहेको जानकारी दिएका छन्। अस्पताल हाल १४१ श्ययामा सञ्चालित भए पनि सञ्चालन अनुमति भने ५० श्ययाको मात्र छ।

newsnepal

Join the discussion

Your email address will not be published. Required fields are marked *