Friday, October 16, 2026
Breaking
रास्वपामा टिकट लेनदेनको गम्भीर आरोपबीच महासचिव आचार्यले ल्याए कडा छनोट रूपरेखा अधिकार हस्तान्तरणमा केन्द्रको ढिलाइप्रति ६ प्रदेशका मुख्यमन्त्री असन्तुष्ट, ‘कोशी घोषणापत्र’ जारी नेप्सेमा पुनः हरियाली : कारोबार रकम पौने ५ अर्बको हाराहारीमा शुक्र अस्त भएकै कारण दशैं रोकिँदैन : पञ्चाङ्ग समितिको स्पष्टीकरण एनपीएललाई आईसीसीबाट आधिकारिक मान्यता, विदेशी खेलाडी भित्र्याउने सीमा हट्यो अमेरिका–इरान युद्धमा इराकलाई ६० अर्ब डलरको आर्थिक झट्का रास्वपामा टिकट लेनदेनको गम्भीर आरोपबीच महासचिव आचार्यले ल्याए कडा छनोट रूपरेखा अधिकार हस्तान्तरणमा केन्द्रको ढिलाइप्रति ६ प्रदेशका मुख्यमन्त्री असन्तुष्ट, ‘कोशी घोषणापत्र’ जारी नेप्सेमा पुनः हरियाली : कारोबार रकम पौने ५ अर्बको हाराहारीमा शुक्र अस्त भएकै कारण दशैं रोकिँदैन : पञ्चाङ्ग समितिको स्पष्टीकरण एनपीएललाई आईसीसीबाट आधिकारिक मान्यता, विदेशी खेलाडी भित्र्याउने सीमा हट्यो अमेरिका–इरान युद्धमा इराकलाई ६० अर्ब डलरको आर्थिक झट्का

News Nepal

Home / समाचार

काठमाडौंमा बाइक एम्बुलेन्स सेवा सुरु : साँघुरा गल्ली र ट्राफिक जाममा छिटो उद्धार

समाचार By

काठमाडौं । काठमाडौं महानगरपालिकाले साँघुरा गल्ली र अत्यधिक सवारी चापका कारण बिरामीसम्म एम्बुलेन्स पुग्न कठिन हुने समस्या समाधान गर्न बाइक एम्बुलेन्स सेवा सुरु गरेको छ ।महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले शुक्रबारदेखि सेवा सञ्चालनमा ल्याइएको जानकारी दिइन् । उनका अनुसार चारपाङ्ग्रे एम्बुलेन्स पुग्न कठिन हुने र ट्राफिक जामका कारण ढिलाइ हुने स्थानमा बाइक एम्बुलेन्स उपयोगी हुनेछ ।’काठमाडौंमा पर्याप्त एम्बुलेन्स छन्, तर समयमा सेवा दिन सकिएको छैन । ट्राफिक जामका कारण धेरैपटक एम्बुलेन्स समयमै पुग्न सक्दैन,’ डंगोलले भनिन् ।महानगरपालिकाले नेपाल एम्बुलेन्स सेवासँगको सहकार्यमा १०२ नम्बरको निःशुल्क एम्बुलेन्स सेवा पनि सञ्चालन गर्दै आएको छ । यो सेवा काठमाडौं महानगरमा मात्र सीमित नराखी उपत्यकाका अन्य स्थानीय तहमा समेत विस्तार गरिएको छ । बाढीका बेला पनि १०२ नम्बरको सेवाले उद्धारमा सहयोग पुगेको थियो ।महानगरले अस्पताल तथा स्वास्थ्य संस्थालाई पूर्वाधार, उपकरण र प्रत्यक्ष स्वास्थ्य सेवाका लागि अनुदान दिँदै आएको छ । कीर्तिपुरमा आर्थिक अभावका कारण जलनका बिरामी उपचारबाट वञ्चित नहोऊन् भनेर कोष स्थापना गरी उपचार खर्च व्यहोर्ने व्यवस्था गरिएको छ ।

newsnepal

Join the discussion

Your email address will not be published. Required fields are marked *