Friday, October 23, 2026
Breaking
दाङमा कृत्रिम ड्यामले बदल्यो सुक्खा बस्ती, दुईसय बिघामा सिंचाइ पुग्ने फ्रान्समा प्रदर्शनकारीमै मतभेद : कोही फेरि सडकमा, कोही टाढिए म्याराडोनाका स्वास्थ्यकर्मीको भाग्य डिसेम्बर २२ मा तय हुने साइबर जोखिमपछि बैंकिङ सेवा ठप्प : राष्ट्र बैंकसहित अधिकांश बैंकले वेबसाइट बन्द नेकपाको दुईमहिने ‘राष्ट्रिय जागरण अभियान’ शनिबारदेखि, प्रचण्ड र माधवले सम्बोधन गर्ने रक्षा बलका मूल्यविपरीत निर्णय लिएको स्वीकार गर्दै न्युजिल्यान्डका सेना प्रमुखको राजीनामा दाङमा कृत्रिम ड्यामले बदल्यो सुक्खा बस्ती, दुईसय बिघामा सिंचाइ पुग्ने फ्रान्समा प्रदर्शनकारीमै मतभेद : कोही फेरि सडकमा, कोही टाढिए म्याराडोनाका स्वास्थ्यकर्मीको भाग्य डिसेम्बर २२ मा तय हुने साइबर जोखिमपछि बैंकिङ सेवा ठप्प : राष्ट्र बैंकसहित अधिकांश बैंकले वेबसाइट बन्द नेकपाको दुईमहिने ‘राष्ट्रिय जागरण अभियान’ शनिबारदेखि, प्रचण्ड र माधवले सम्बोधन गर्ने रक्षा बलका मूल्यविपरीत निर्णय लिएको स्वीकार गर्दै न्युजिल्यान्डका सेना प्रमुखको राजीनामा

Turunta Khabar

Fresh Nepali news — major stories rewritten in simple Nepali, updated throughout the day.

Home / अर्थतन्त्र

टीकापछिको बिदामा चितवनमा पर्यटकको भीड, होटलका ८० प्रतिशतभन्दा बढी कोठा भरिए

अर्थतन्त्र By

चितवन, ६ कात्तिक । दशैंको टीका सकिएलगत्तै चितवनका प्रमुख पर्यटकीय ठाउँहरूमा स्वदेशी र विदेशी पर्यटकहरूको भीड बढेको छ । सौराहा, पटिहानी र मेघौलीजस्ता क्षेत्रका होटल तथा रेस्टुरेन्टमा पछिल्ला दुई दिनमा बुकिङ ह्वात्तै बढेको व्यवसायीहरूले बताएका छन् । प्रमुख गन्तव्यहरूमा होटल अकुपेन्सी ८० प्रतिशतभन्दा माथि पुगेको छ ।

देशकै तेस्रो ठूलो पर्यटकीय गन्तव्य मानिने सौराहामा १३६ वटा होटलमा ६ हजार २०० शय्या छन् । क्षेत्रीय होटल संघ सौराहाका महासचिव महेश खनालका अनुसार दशैंअघि ३० प्रतिशत हाराहारीमा रहेको अकुपेन्सी टीकापछि ८० प्रतिशतभन्दा माथि पुगेको छ । नेपालीसँगै चिनियाँलगायत विदेशी पर्यटक पनि बढेको उनले बताए ।

रेस्टुरेन्ट एन्ड बार एसोसिएसन (रेवान) सौराहाका महासचिव नविन नेपालले लामो समयदेखि मन्दीमा रहेको रेस्टुरेन्ट व्यवसाय दशैंपछि चलायमान बनेको बताए । पर्यटन व्यवसायी बासु ढुंगानाका अनुसार भदौ र असोजको बाढीले मठमातिएको माहोलमा दशैंले सकारात्मक सोच जगाएको छ । उनको वनबास होटलमा तीन दिनदेखि ९० प्रतिशतभन्दा बढी कोठा बुक छन् ।

पटिहानीको सोल्टी वेस्टइन्ड रिसोर्ट पछिल्ला दुई दिनदेखि थप तीन दिनसम्म पुरै भरिएको छ । रिसोर्टका जनरल म्यानेजर चोपलाल पाण्डेका अनुसार ५२ वटै कोठामा नेपाली र विदेशी पर्यटक बसेका छन् । त्यस्तै मेघौलीका सिद्धार्थ वाइल्डलाइफ रिसोर्ट र बाराही जंगल लज पनि दुई दिनदेखि सोल्ड आउट छन् ।

चितवन राष्ट्रिय निकुञ्जका अनुसार गत आर्थिक वर्ष २०८२/८३ मा निकुञ्जमा २ लाख ७२ हजार ९२३ पर्यटक घुमेका थिए, जसमध्ये नेपाली १ लाख ६१ हजार ३७५ थिए । अघिल्लो वर्षको तुलनामा नेपाली पर्यटकको संख्या ४४ हजार १६९ ले बढेको छ ।

newsnepal

Join the discussion

Your email address will not be published. Required fields are marked *