Friday, November 6, 2026
Breaking
उपत्यकामा फेला परेका ५० दुईपाङ्ग्रे सवारी धनीलाई फिर्ता टेस्लाले साइबरट्रकको उत्पादन घटाउने, साइबरक्याबमा ध्यान केन्द्रित गर्ने निर्वाचनअघि मधेश सरकारमा नजाने जनमतको घोषणा, सांसदलाई राजीनामा दिन चुनौती भृकुटीमण्डपमा आठौँ अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी मंसिर ४ देखि दिल्ली भ्रमणअघि भारतका लागि राजदूत नियुक्ति अन्योलमा जापोरिजियामा ५२१ होटल कब्जा : युक्रेनी व्यवसायीको क्षतिपूर्ति दाबी उपत्यकामा फेला परेका ५० दुईपाङ्ग्रे सवारी धनीलाई फिर्ता टेस्लाले साइबरट्रकको उत्पादन घटाउने, साइबरक्याबमा ध्यान केन्द्रित गर्ने निर्वाचनअघि मधेश सरकारमा नजाने जनमतको घोषणा, सांसदलाई राजीनामा दिन चुनौती भृकुटीमण्डपमा आठौँ अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी मंसिर ४ देखि दिल्ली भ्रमणअघि भारतका लागि राजदूत नियुक्ति अन्योलमा जापोरिजियामा ५२१ होटल कब्जा : युक्रेनी व्यवसायीको क्षतिपूर्ति दाबी

Turunta Khabar

Fresh Nepali news — major stories rewritten in simple Nepali, updated throughout the day.

Home / समाचार

तिहारको खर्च जुटाउन राउटे समुदाय पाल्पामा, काठका सामग्री बेचेर जीविका

समाचार By

राउटे समुदायका पाँच जना सदस्य तिहारको खर्च जुटाउन पाल्पा आइपुगेका छन्। कर्णाली प्रदेशको सुर्खेतमा बसोबास गर्दै आएका उनीहरू तानसेन बजारमा आफ्नै हातले बनाएका पिर्का, आरी, कोसीलगायत काठका सामग्री बिक्री गर्दै सहयोग सङ्कलनमा जुटेका छन्।

गाडीमा बसेर पाल्पा आइपुगेका उनीहरूको मुख्य उद्देश्य तिहार मनाउन आवश्यक खर्च जुटाउनु हो। समुदायका सदस्य बन्दवीर शाहीका अनुसार पुस्तौँदेखि अपनाउँदै आएको परम्परागत सीपबाट तयार पारिएका काठका सामग्री बिक्री गरेर दैनिक गुजारा चलाउनुका साथै चाडपर्वका लागि खर्च जुटाउने गरिन्छ।

शाहीले भने, तिहार आइसक्यो, मिठो खानेकुरा खानुपर्छ, तर आफूहरूसँग पैसा हुँदैन, त्यसैले आफैँले बनाएका भाँडाकुँडा बेच्ने र सहयोग माग्ने गरिन्छ। विगतमा जङ्गलका रुखबाट काठका ठेकी, कोसीलगायत सामग्री बनाएर बिक्री गरी जीविकोपार्जन गरिन्थ्यो, तर अहिले जङ्गलमा रुख काट्न सहज नभएपछि परम्परागत पेसाबाट आम्दानी गर्न कठिन भएको छ।

दसैँ पनि यसैगरी खर्च जुटाएर मनाएको बताउँदै शाहीले तिहारमा समुदायका सदस्यसँग रमाइलो गर्न र मिठोमसिनो खान केही रकम जुटाउने आशासहित पाल्पा आएको बताए। उनीहरूले काठका सामग्री बिक्री गरिरहेको दृश्यले स्थानीयवासीको ध्यान आकर्षित गरेको छ भने परम्परागत सीपबाट निर्माण गरिएका सामग्री हेर्न र खरिद गर्न स्थानीयले चासो देखाएका छन्।

newsnepal

Join the discussion

Your email address will not be published. Required fields are marked *