Sunday, October 18, 2026
Breaking
दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको परम्परा संविधान र मतदानकै बाटोबाट सरकार बदल्ने प्रकाश राजको आह्वान कोलकातामा दुर्गा पूजा पण्डालमा भागदौड : कम्तीमा १९ जनाको मृत्यु वेस्ट ब्याङ्कमा फ्रान्सेली मेयरमाथि बस्तीवासीको आक्रमण, रुबियोले देखाए चिन्ता तीन हजारको बिलले दिलायो दश लाख : सन्तमायाको भाग्यले बदलिएको दसैं दशैंपछि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि : कात्तिक १७–१८ मा राष्ट्रिय कार्यक्रम दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको परम्परा संविधान र मतदानकै बाटोबाट सरकार बदल्ने प्रकाश राजको आह्वान कोलकातामा दुर्गा पूजा पण्डालमा भागदौड : कम्तीमा १९ जनाको मृत्यु वेस्ट ब्याङ्कमा फ्रान्सेली मेयरमाथि बस्तीवासीको आक्रमण, रुबियोले देखाए चिन्ता तीन हजारको बिलले दिलायो दश लाख : सन्तमायाको भाग्यले बदलिएको दसैं दशैंपछि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि : कात्तिक १७–१८ मा राष्ट्रिय कार्यक्रम

Turunta Khabar

Fresh Nepali news — major stories rewritten in simple Nepali, updated throughout the day.

Home / राजनीति

पूर्वस्वास्थ्यमन्त्री पाण्डेमाथि कारबाहीको सिफारिस, घुस डिलको आरोपमा छानबिन समितिको प्रतिवेदन बुझाइयो

राजनीति By

पोखरा — गण्डकी प्रदेशका पूर्वस्वास्थ्यमन्त्री लक्ष्मणबहादुर पाण्डे र उनका स्वकीय सचिव यादव पौडेलमाथि कारबाही गर्न नेकपा (एमाले) ले सिफारिस गरेको छ । पोखरास्थित पद्म नर्सिङ होमलाई १०० शय्याको अनुमति दिलाउने क्रममा ३० लाख रुपैयाँको घुस डिल गरेको आरोप लागेका पाण्डेमाथि छानबिन समितिको प्रतिवेदन बुझाउँदै कारबाही सिफारिस गरिएको हो ।

एमाले गण्डकी प्रदेशसभा संसदीय दलले गठन गरेको तीन सदस्यीय छानबिन समितिले प्रतिवेदन तयार गरी संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री खगराज अधिकारी र एमाले गण्डकी अध्यक्ष नवराज शर्मालाई बुझाएको हो । प्रमुख सचेतक देवका पहारी त्रिपाठीको संयोजकत्वमा गठित समितिमा प्रदेश कमिटी सचिव धनञ्जय दवाडी र संसदीय बोर्डका सचिव वेदबहादुर गुरुङ सदस्य थिए ।

समितिको निष्कर्षअनुसार पूर्वमन्त्री पाण्डे र उनका स्वकीय सचिवले पदीय मर्यादाविपरीत गलत काम गरेका थिए । संयोजक त्रिपाठीले दोषको अन्तिम छानबिन हुने भए पनि उनीहरूबाट भएका काम गलत भएको समितिको ठहर रहेको बताइन् । पार्टी र संसदीय दलको विधानअनुरूप काम नभएको पाइएकाले विधिसम्मत कारबाही अगाडि बढाउन सिफारिस गरिएको हो ।

प्रतिवेदनमा पाण्डे र पौडेल एमाले पार्टी विधानको धारा ८४ को ‘छ’ र ‘ञ’, संसदीय दलको विधान २०८० को धारा २७ तथा मन्त्री बन्नुअघि हस्ताक्षर गरिएको आचारसंहितासमेत उल्लंघन गरेको उल्लेख छ । अब यो प्रतिवेदनमाथि पार्टीको अनुशासन आयोगले अन्तिम निर्णय लिनेछ । संयोजक त्रिपाठीले के कस्तो कारबाही हुन्छ भन्ने विधानको व्यवस्थाअनुसार नै हुने बताइन् ।

प्रकरणमा अस्पतालको खाताबाट स्वकीय सचिव पौडेलको नाममा चेक काटिएको भेटिएपछि विवाद चुलिएको थियो । यससँगै मन्त्रालयका सचिव डा. युवानिधि बसौलाको जिम्मेवारी खोसेर मुख्यमन्त्री कार्यालयमा काजमा तानिएको छ भने थप अनुसन्धानका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पत्राचार गरिएको छ ।

छानबिन समितिले मन्त्री छनोट गर्दा सम्बन्धित व्यक्तिको आचरण, कार्यशैली र पृष्ठभूमिमा विशेष ध्यान दिन पनि संसदीय दललाई सुझाव दिएको छ ।

newsnepal

Join the discussion

Your email address will not be published. Required fields are marked *